बजाजको सस्तो इलेक्ट्रीक स्कुटर सार्वजनिक

काठमाडौं । बजाजले भारतीय बजारमा चेतकको नयाँ भेरियन्ट ३००१ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले चेतक स्कुटरको सबै भन्दा कम मूल्यको मोडल ३००१ स्कुटर सार्वजनिक गरेको हो । यो चेतक स्कुटर अन्तगर्तको २९०३ मोडलको सस्तो भेरियन्ट हो ।

बजाज अटाले भारतीय बजारमा यसको मूल्य  ९९ हजार ९९० रुपैयाँ (एक्स शोरुम) तोकेर सार्वजनिक गरेको हो ।

चेतक ३००१ स्कुटरलाई कम्पनीले ३५ सिरिजकै प्लेटफर्ममा तयार पारेको छ । ३००१ मोडल रातो, निलो र पहेलो गरी तीन रंगमा उपलब्ध गराएको छ ।

चेतक ३५०१ मा २.७ किलोवाटको ब्याट्री प्याक दिइएको छ भने, चेतक ३००१ मा फ्लोरबोर्ड-माउन्ट गरिएको ३ किलोवाटआवरको ब्याट्री दिएको छ । जसलाई ० देखि ८० प्रतिशत चार्ज गर्न झन्डै ४ घण्टा समय लाग्छ भने एक पटकको फुल चार्जमा १२७ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।

साथै, यो स्कुटरमा ३५ लिटरको बुट स्पेश दिएको छ । जुन चेतक २९०३ भन्दा १२ लिटर ठुलो छ । चेतक ३००१ मा कलर एलसीडि कन्सोल,म्युजिक कन्ट्रोल, हिल होल्ड असिस्ट, रिभर्स लाइट र गाइड मी–होम ल्याम्प, स्मार्टफोन कनेक्टिभिटी जस्ता अत्याधुनिक फिचरहरु दिएको छ ।

नेपालमा बजाजको चेतक स्कुटर हंसराज हुलास चन्द एण्ड कम्पनीले छिटै बिक्री वितरण सुरू गर्ने तयारी गरिरहेको छ । सुरुवाती चरणमा नेपालमा चेतकको ३५ सिरिज अन्तर्गतकै कुनै एक मोडलको बिक्री सुरु हुनेछ ।


Back_to_top