नेपालगञ्जमा हुन्डाई क्रेटा ईभी सार्वजनिक

काठमाडौं । नेपालगञ्ज नयाँ क्रेटा ईभी सार्वजनिक भएको छ ।

नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक विशेष कार्यक्रममा बीच नेपालगञ्जमा क्रेटा ईभी सार्वजनिक गरेको हो ।

साथै, कम्पनीले विशेष अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । नेपालगञ्जको हुन्डाईको आधिकारिक डिलरको आयोजनामा पिस सिद्धार्थ कटेज रेस्टुरेन्टमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सोही कार्यक्रममा ४ वटा क्रेटा ईभी ग्राहकलाई हस्तान्तरण समेत गरिएको थियो । उक्त स्थानमा हुन्डाईको नयाँ क्रेटा ईभी सहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिएको थियो ।

यस कार्यक्रममा अहिलेसम्मकै व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।

 

गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आएको कम्पनीले जनाएको छ ।

धेरैलाई ईभी खरीद गर्दा स्पेयर पाट्र्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शंका हुने गर्दछ। तर हुन्डाई नेपालले देशमै क्रेटा आइसीई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आइसीई दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या नरहेको कम्पनीको भनाइ छ ।

लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन देशभर रिल्याक्स चार्जिङको नेटवर्क विस्तार गरिरहेका छ । हाल देशका विभिन्न ठाउँमा डीसी र एसी गरी ६६ स्थानमा रिल्याक्स सेन्टर संचालनमा आइसकेका छन् ।

ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (आइसीई) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पाट्र्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।


Back_to_top