कर्भ ईभीमा काठमाडौंदेखि भारतको कन्याकुमारीसम्मको यात्रा

काठमाडौं । टाटाको कर्भ ईभीमा काठमाडौंदेखि भारतको कन्याकुमारीसम्मको (केटुके ड्राइभ) यात्रा सम्पन्न भएको छ ।

नेपालका अवशिषप्रसाद ओझा र विजयराम कासजूले कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको यात्रा सम्पन्न गरेका हुन् ।

विश्व वातावरण दिवस २०८२ (जेठ २३) गते थापाथलीस्थित टाटा मोटर्स शोरूमबाट सुरु गरिएको केटुके ड्राइभ भारतको दक्षिणी छेउ कन्याकुमारीसम्मको पुगेर पुनः थापाथली शोरुम आई सम्पन्न भएको थियो । यस दौरना कर्भ ईभीमा ६ हजार ७०० किलोमिटर बढी यात्रा गरिएको थियो ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एक कार्यक्रम आयोजना गर्दै उनीहरूलाई बधाई ज्ञापन तथा अनुभव आदान-प्रदान गरेको थियो ।

कार्यक्रममा यात्राको अनुभव, चार्जिङ इन्फ्रास्ट्रक्चर, सडक अवस्थाहरू र टाटा कर्भ ईभीको उत्कृष्ट प्रदर्शनबारे छलफल भएको थियो ।

केटुके ड्राइभपछि अवशिष ओझाले टाटाको गाडी लिएर ढुक्कसँग भारतसम्मको यात्रा गर्न सकिने अनुभव सुनाए । ‘कर्भ ईभीले लामो दुरीको यात्रा अत्यन्त सहज र रोमाञ्चक बनायो। भारतभरका चार्जिङ स्टेसनहरू, रोड कन्डिसन र गाडीको परफर्मेन्स उत्कृष्ट रहेको अनुभव गर्यौं । कर्भ ईभीले भारतमा एकैचार्जमा ५०० किलोमिटरभन्दा बढीसम्म दियो र नेपालमा ३७५ किलोमिटरभन्दा बढी रेञ्ज दिएको थियो, जुन एकदमै प्रभावशाली रह्यो। टाटाको गाडी लिएर भारत जाने सोच्दै हुनु हुन्छ भने ढुक्क भएर यात्रा गर्न सकिन्छ,’ उनले भने ।

त्यस्तै, विजय कासजुले थपे, ‘यात्रा केबल ड्राइभ मात्र होइन, यो विद्युतीय सम्भावनाहरूको परीक्षण थियो । र हामी उत्साहित छौं कि कर्भ ईभीले त्यो सम्भावनालाई प्रमाणित गर्यो ।’

सिप्रदीमा प्यासेन्जर गाडी डिभिजनका जनरल म्यानेजर सावन्त जंग सिजापतिले केटेके ड्राइभले कर्भ ईभीमा नेपालबाट सहजै भारतको यात्रा गर्न सकिन्छ भन्ने पुष्टि गरेको बताए ।

‘हामी यस ऐतिहासिक ड्राइभमा जोडिन पाएकोमा गर्व गर्छौं। यी प्रेरणादायक अटो उत्साहीहरूलाई धेरै धेरै बधाई छ। कुनै समय काठमाडौँ बाहिर विधुतीय गाडी लग्न दुइ चोटी सोच्नु पथ्र्यो, अहिले नेपालबाट भारतको यात्रा गर्दा पनि सहज छ भने सन्देश यो केटुके ड्राइभले पुष्टी गरेको छ,’ उनले भने ।

नेपालमा हालै सार्वजनिक गरिएको टाटा कर्भ ईभी अत्याधुनिक फिचरहरू सहितको कुपे डिजाइनको एसयूभी हो । जसमा लेभल-२ एडास, भीटुएल टेक्नोलोजी, प्यानोरामिक सनरुफ र उन्नत सुरक्षा सुविधा उपलब्ध छन्।


Back_to_top