टाटाको हरेक ईभी खरिदमा थाइल्याण्ड घुम्न पाइने, यस्ता छन् अन्य फाइदा

काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्नो हरेक ईभीको खरिदमा थाइल्याण्ड घुमाउने स्कीम दिने भएको छ ।

कम्पनीले असार १९ देखि २३ गते (जुलाई ३-७ तारिख)सम्म टाटाका ईभी किन्नेलाई थाइल्याण्ड घुम्ने अवसर प्रदान गर्न लागेको हो ।

टाटाको ईभी किन्ने जोडीलाई नै भ्रमणको अवसर कम्पनीले प्रदान गर्नेछ । हरेक गाडी खरिदमा दुई जनाले भ्रमण गर्न पाउने भएका हुन् । सिप्रदीले ‘७.७ डिल्स लाइक नेभर बिफोर’ स्लोगन सहित ल्याएको स्कीममा थाइल्याण्ड भ्रमणका अलावा अन्य अफर पनि गरेको छ ।

सिप्रदीका अनुसार कम्पनीले १ वर्षको बीमा, दुई आर्थिक वर्षको सवारी कर, निःशुल्क एससरिज, गाडीको लाइफ टाइम चार्जिङ सुविधा, घरमा निःशुल्क चार्जर जडान र निःशुल्क इम्बोस्ड नम्बर प्लेट दिने कम्पनीले जनाएको छ ।

अहिले कम्पनीले बिक्री गर्दै आएको टियागो ईभी, टिगोर ईभी, पन्च ईभी, नेक्सन के-थ्री र कर्भ ईभी छन् । यी मध्ये कुनै पनि गाडी बुकिङ गर्ने, टेस्ट ड्राइभ गर्ने र आफ्नो पुरानो गाडी ल्याएर मूल्याङ्कन गराउनेलाई आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना गरेको अफर अवधि जुलाई ३ तारिखदेखि ७ तारिखसम्म आएर गाडी किन्नेदेखि सबै मध्ये एकजना भाग्यशाली व्यक्तिले आइफोन–१६ बम्पर उपहार जित्न सक्नेछन् ।

टाटा नेपाली बजारमा सबैभन्दा धेरै ईभी बिक्री गर्ने कम्पनी मध्येमा पर्छ । कम्पनीले इलेक्ट्रीक ट्याक्सीदेखि ह्याचब्याक, माइक्रो एसयूभी र एसयूभी सेग्मेन्टमा आफ्ना गाडी उपलब्ध गराउँदै आएको छ ।

बलियो नेटवर्क, अब्बल सर्भिस सुविधा र सहजै पार्ट्सहरू उपलब्ध गराउँदै आएको कम्पनीका कार नेपाली बाटो सुहाउँदा छन् ।


Back_to_top