बजाज मोटरसाइकलले दियो ८९ किलोमिटर माइलेज

सांकेतिक तस्बीर

काठमाडौं । बजाजको प्लाटिना मोटरसाइकलले प्रतिलिटर ८९ किलोमिटर माइलेज दिएको छ । बर्दिबासमा सम्पन्न ‘बजाज माइलेज च्याम्पियन’ कार्यक्रममा बाजज प्लाटिनाले ८९ किलोमिटर माइलेज दिएको हो ।

बजाजले आयोजना गरेको ‘बजाज माइलेज च्याम्पियन’ कार्यक्रममा चन्देश्वर सिंहले ८९ किमी प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।

त्यस्तै, शत्रुधन महतो ८३ किलोमिटर माइलेजका साथ दोस्रो स्थानमा रहेका थिए भने ८० किलोमिटर माइलेजसहित गोपाल महतोले तेस्रो स्थान हासिल गरेका थिए ।

यस माइलेज च्याम्पियन कार्यक्रममा ६५ जना प्लाटिना मोटरसाइकलधनी सहभागी भएको कम्पनीले जनाएको छ ।

यस माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए । यस रोमाञ्चक कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमीहरू बीचको एकताको भावना र मित्रवत प्रतिस्पर्धालाई प्रोत्साहन गरेको कम्पनीले बताएको छ ।

च्याम्पियनमा बिजेताहरूलाई पुरस्कृत गरिएको कम्पनीले बताएको छ ।


Back_to_top