बेनेलीले इलेक्ट्रीक स्कुटर बनाउने तयारी सुरु गरेको छ । कम्पनीले २०२० को सुरुवातसँगै इलेक्ट्रीक स्कुटरलाई बजारमा उतार्ने योजना बाइरहेको जानकारी दिएको छ । विश्वभर पावरफुल बाइक निर्माताको छवि बनाएको बेनेलीले अब सस्ता बाइक र इलेक्ट्रीक स्कुटरमा पनि हातहालेको जानकारी दिएको हो ।
युरोपियन कम्पनीले एसियाली बजारलाई ध्यानमा राख्दै सस्ता बाइकको उत्पादन सुरु गरिसकेको छ । नेपाली बजारमा पनि कम्पनीले उत्पादन गरेको टिएनटी–१५ केही समय अगाडिबाट बिक्री वितरण सुरु भइसकेको छ । जसको मूल्य १५० सीसी सेग्मेन्टमा नै सबैभन्दा सस्तो २ लाख ३० हजार रुपैयाँ मात्र रहेको छ ।
चिनीयाँ बजारमा नयाँ प्लान्ट स्थापनापछि कम्पनीले इलेक्ट्रीक स्कुटर उत्पादनलाई प्रमुख प्राथमिकतामा राख्दै काम अगाडि बढाएको जनाएको छ । यसलाई कम्पनीले सन् २०२० सम्ममा बजारमा उतार्ने अनुमान गरिएको छ ।
यद्यपी कम्पनीले कति रेन्ज, पावर र कस्तो मोटरमा ल्याउँछ भन्ने विषयमा भने केही खुलाएको छैन ।
पछिल्ला दिनमा नेपालमा इलेक्ट्रीक सवारीसाधन प्रति बढ्दै गएको लोकप्रियतालाई ध्यानमा राख्दै यो स्कुटर अन्तर्राष्ट्रिय बजारमा आएसँगै नेपाल पनि आउन सक्नेछ ।


