नाइमा मोबिलिटी एक्स्पोमा पार्किङ समस्या नहुने, पुलिस क्लबमा २५० गाडी राख्न मिल्ने

काठमाडौं । यही साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ पार्किङ समस्या नहुने भएको छ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)ले सोमबार पत्रकार सम्मलेन गर्दै पार्किङ समस्या नहुने जानकारी दिएको हो ।

नाइमाकी अध्यक्ष रीतुसिंह वैद्यले मोबिलिटी एक्स्पोमा आउने अवलोकनकर्ताका लागि नेपाल पुलिस क्लबको ब्लू बिल्डिङमा पार्किङ व्यवस्था गरिएको जानकारी दिइन् । उनले त्यहाँ २५० बढी कार पार्किङ गर्न सकिने बताइन् ।

त्यस्तै, मोटरसाइकल÷स्कुटरका लागि भृकुटीमण्डम भित्रै पार्किङ व्यवस्था मिलाइएको उनले जानकारी दिइन् ।

पहिलोपटक आयोजना हुन लागेको नाइमा मोबिलिटी एक्स्पोमा दुईपाँग्रे/चारपाँग्रे/ कमर्शियल गरी ५० ब्राण्डले सहभागिता जनाउँदै छन् । जहाँ तीन दर्जन बढी नयाँ कार र मोटरसाइकल लन्च हुने छन् ।


Back_to_top