काठमाडौं । यही साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को टिकट मूल्य सार्वजनिक गरिएको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)ले सोमबार पत्रकार सम्मलेन गर्दै अवलोकनकर्तालाई लाग्ने प्रवेश शुल्क सार्वजनिक हो ।
नाइमाकी अध्यक्ष रीतुसिंह वैद्यले अवोलकनकर्ताका लागि टिकट शुल्क २०० रुपैयाँ निर्धारण गरिएको जानकारी दिइन् ।
उक्त शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिइएको उनले बताइन् । सो अनुसार विद्यार्थीले १०० रुपैयाँ तिरेर मोबिलिटी एक्स्पो अवलोकन गर्न सक्नेछन् ।छुट पाउन विद्यार्थीले हाल आफू अध्ययनरत शैक्षिक संस्थाको परिचयपत्र देखाउनुपर्नेछ ।
टिकट बिक्रीबाट हुने आम्दानीको ५ प्रतिशत रिसर्च र फेलोसिपका लागि छुट्याइने उनले बताइन् ।
त्यस्तै, इन्फ्लोइन्सरहरू प्रयोग गरेर सडक सुरक्षा सम्बनधी जनचेतानमूलक कार्याक्रम संचालन गरिने उनले बताइन् ।

