काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले नागढुंगा सुरुङमार्ग संचालनको तयारी गर्न निर्देशन दिएका छन् ।
मंगलबार बिहानै सडक विभागको टोली लिएर सुरुङमार्गको स्थलगत अनुगमनमा पुगेका मन्त्री पौडेलले बाँकी काम चाँडो सम्पन्न गरी संचालनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका हुन् ।
सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङमार्गको संरचना पूरा भएको र पहिरो जोखिम स्थानमा काम भइरहेको बताए ।
हालसम्म सुरुङमार्गको झण्डै ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ । भौतिक संरचना निर्माण, सुरुङ भित्र बिजुली बत्ती, भेन्टिलेसन लगायत उपकरण जडान भइसकेको छ ।
अहिले पहिरो नियन्त्रणको काम भइरहेको छ । नागढुंगा सुरुङ आगामी पुसदेखि संचालनमा ल्याउने लक्ष्य छ ।


