नियोको फायरफ्लाइ बन्यो सबैभन्दा सुरक्षित कार

काठमाडौं । नियोको सबब्राण्ड फायरफ्लाई स्मल कार सेग्मेन्टमा सबैभन्दा सुरक्षित कार बनेको छ । फायरफ्लाइले चिनियाँ क्रयास टेस्टमा उत्कृष्ट नतिजा ल्याउँदै सबैभन्दा सुरक्षित स्मल कार बनेको हो ।

चाइना इन्स्योरेन्स अटोमोटिभ सेफ्टी इन्डेक्सका अनुसार चीनमा भएको क्रयास टेस्टमा फायरफ्लाइले सबै रेटिङमा जी र जी प्लस रेटिङ पाएको हो । चीनमा जीले क्रयासवर्दिनेस र रिपेयर इकनोमी तथा जी प्लसले अकुपेन्ट प्रोटेक्सन, प्रेडेस्ट्रेन प्रोटेक्सन र सेफ्टी असिस्टलाई प्रतिनिधित्व गर्छ ।

यसअघि यस्तै प्रकारको रेटिङ ह्वावेको आइतो एम ९ एसयूभी र नियोको सबब्राण्ड अनभोको एल ६० एसयूभीले मात्र पाएका थिए । यस्तै टेस्टमा टेस्लाको मोडल ३ ले एम रेटिङ मात्र पाएको थियो ।

चिनिया क्रयास टेस्टमा पी, एम, ए, जी, र जीप्लस कमदेखि माथिल्लो रेटिङलाई जनाउँछ ।

ठूला एसयूभीहरूले मात्र पाएको उत्कृष्ट रेटिङ फायरफ्लाइले पाउनुमा स्मार्ट ओभरअल भेहिकल डिजाइन, पावरफुल हार्डवेर क्षमता र उच्च गुणस्तरीय मेटिरियलको प्रयोगले सम्भव भएको कम्पनीले दाबी गरेको छ ।


Back_to_top