काठमाडौं । जापानी अटोमोबाइल कम्पनी होण्डाले इलेक्ट्रीक मिनी कार ‘एनवान डी’ सार्वजनिक गरेको छ ।
रेट्रो डिजाइनमा बनेको एनवान डी कार निकै आकर्षक देखिएको छ । एलईडी डीआरएल सहितको राउण्ड सेपको हेडलाइट, अपराइट फ्रन्ट फेसिया, चामसेल बोनेट, चार्जिङ र भीटुएलको लागि छुट्टा छुट्टै पोर्ट यसको फ्रन्टमा रहेको छ ।
क्लियर साइड प्रोफाइल रहेको यो कारमा परम्परागत डोर ह्याण्डल, ड्युलटोन ओआरभीएम विथ इन्ट्रीग्रेटेड टर्न सिग्नल, ब्ल्याक आउट सी पिल्लर, सर्कुलर ह्वील आर्क आदि रहेको छ । यसमा ६ स्पोक भएको सानो साइजको ह्वील दिएको छ । रियरमा वाइड विण्डस्क्रीन, भर्टिकल स्ट्याक रेक्ट्रङ्गुलर टेलल्याम्प र साधारण डिजाइनको टेलगेट रहेको छ ।
एनवान डीकोे इन्टेरियरमा चालक प्यासेन्जरको लागि मनग्य लेगरुम रहेको छ । यसमा टचभन्दा फिजिकल बटनहरू दिइएको छ । यो कारमा इन्फोटेन्मेट टचस्क्रीनमा समेत फिजिकल बटन र रोटरी डायल दिएको छ ।

ड्यासबोर्डमा साना आइटमहरू स्मार्टफोन, सनग्लास, वालेट, क्वाइ जस्ता दैनिक प्रयोग भइरहने वस्तुहरूका लागि स्टोरेजहरूको राम्रो व्यवस्था रहेको छ । यो कारका वायरलेस चार्जिङको सट्टामा यूएसबी चार्जिङ पोर्ट दिएको छ ।
३४०० एमएम लामो एनवान डीमा २४५ किलोमिटर रेन्ज दिने ब्याट्रीप्याक र ४५ किलोवाटको मोटर दिएको छ । यो कारको ब्याट्रीलाई ५० किलोवाटको डीसी फास्ट चार्जरले ३० मिनेटमा फुलचार्ज गर्न सकिने कम्पनीको दाबी छ ।


