कारको जस्तै चार्जिङ सिस्टम भएको इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गर्दै होन्डा

काठमाडौं । होन्डाको पहिलो इलेक्ट्रीक मोटरसाइकल अर्को महिना सार्वजनिक हुने भएको छ । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले आफ्नो पहिलो बिग इलेक्ट्रीक स्कुटर २०२५ सेप्टेम्बर महिनाको २ तारिकमा सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले एउटा टिजर सार्वजनिक गरेर भिडियो मार्फत आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको हो ।

जापानी मोटरसाइकल निर्माता कम्पनीले जापानमा सार्वजनिक गर्ने यो मोटरसाइकल ग्लोबल बजारमा कहिले आउँछ भन्ने यकिन भएको छैन् ।

भिडियोमा नयाँ होन्डा ईभी मोटरसाइकलमा के कस्ता फिचरहरू छन् खुलाइएको छैन भने डिजाइन पनि छोपिएको छ । भिडियो अनुसार यो एउटा ठूलो क्षमाताको इलेक्ट्रीक मोटरसाइकल हुने अनुमान गर्न सकिन्छ । यसमा अत्याधुनिक एड्भान्स फिचरहरू, लामो दुरीमा पनि यात्रा गर्न सकिने ब्याट्री क्षमता र मोटर पावर हुनेछ ।

झट्ट हेर्दा यो मोटरसाइकल कम्पनीले अघिल्लो वर्ष देखाएको ईभी फन कन्सेप्ट मोटरसाइकल जस्तै देखिन्छ । यस ईभी मोटरसाइकलमा आइसीइ ५०० सीसी बराबरकै पावर जेनेरेट गर्ने मोटर हुने अनुमान गरिएको छ ।

कम्पनीले यसमा टीएफटी स्क्रीन, लामो आकारको डीआरएल र क्लिप अन ह्यान्डलबारमा बार इन्ड मिरर दिएको छ । यसको सिट पोजिसन सुपर बाइकको जस्तै छ । होन्डाले यो इलेक्ट्रीक मोटरसाइकलमा ईभी कारहरूमा प्रयोग गरिने सीसीएस २ फास्ट चार्जिङ सिस्टमको प्रयोग गर्नेछ ।


Back_to_top