यसरी तयार हुँदैछ नाइमा मोबिलिटी एक्स्पोका स्टलहरू (फोटोफिचर)

काठमाडौं । भोलिदेखि सुरू हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)ले पहिलो पटक आयोजना गर्न लागेको मोबिलिटी एक्स्पोको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो ।

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मोबिलिटी एक्स्पोमा सहभागी ब्राण्डहरूले धमाधम आकर्षक स्टल निर्माण गरिरहेका छन् ।

अधिकांश ब्राण्डले स्टल निर्माण अन्तिम चरणमा पुर्याएका छन् । फिनसिङ, लाइटिङ जडानको काम मात्र बाँकी छ ।आज साँझसम्म सबै स्टल पूर्ण रूपमा निर्माण सम्पन्न भइसक्ने नाइमाले जनाएको छ ।

सवारी बिक्रेताहरू स्टल निर्माणमा पनि तीव्र प्रतिस्पर्धा देखिएको छ । सबैले एक अर्काकोभन्दा फरक, आकर्षक, कलात्मक स्टल निर्माण गरिरहेको देखिन्छ ।

मोबिलिटी एक्स्पोमा ५० ब्राण्ले सहभागी हुँदैछन् । पहिलो पटक हुन लागेको नाइमा अटो शोमा विभिन्न ५० ब्राण्डले सहभागिता जनाउँदै छन् । यी ब्राण्डहरूले ३५ नयाँ मोडल सार्वजनिक गर्न लागेका छन् ।

नाइमाले दिएको जानकारी अनुसार १५ मोडलका चारपाङ्ग्रे सवारी साधन, १५ नयाँ मोडलका टु ह्वीलर, एउटा थ्री ह्वीलर्स र ४ वटा कमर्शियल गाडी सार्वजनिक हुनेछन् ।

नाइमाले प्रदर्शनीमा आउने अवलोकनकर्ताका लागि कारका लागि नेपाल पुलिस क्लब र मोटरसाइकललाई भृकुटीमण्डप भित्रै पार्किङको व्यवस्था मिलाएको छ ।

मोबिलिटी एक्स्पोमा चारपाँग्रेतर्फ बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडा जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागेन र जीकर ब्राण्ड सहभागी हुँदै छन् ।

त्यस्तै, दुईपाँग्रेमा एम्पियर, एथर, बजाज, बेनेली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो रहेका छन् ।

कमर्शियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलङ र सनलङ सहभागी हुने नाइमाले जनाएको छ ।


Back_to_top