भारतमा आक्रमक इलेक्ट्रीक कार उत्पादन गर्ने तयारीमा हुन्डाई र किया

भारतीय बजारमा इलेक्ट्रीक सवारीसाधनको प्रयोग बढाउन दक्षिण कोरियाली कम्पनी हुन्डाई मोटर ग्रुप र ओला कम्पनीबीच सम्झौंता भएको छ । ओला भारतीय बजारमा ट्याक्सी सर्भिस प्रदान गर्ने सबैभन्दा ठूलो कम्पनी हो ।

हुन्डाई र कियाले इलेक्ट्रीक भेहिकल निर्माण गर्ने उद्देश्यसहित २० अर्ब भारतीय रुपैयाँ लगानी गर्ने भएका हुन् । हुन्डाई मोटर ग्रुपले इलेक्ट्रीक भेहिकलको निर्माण तथा पूर्वाधार विकास गर्न उक्त रकम खर्च गर्ने जनाएको छ ।

चर्जिङ स्टेशन निर्माण गर्ने, देशभित्र भाडाका गाडी चलाउन चाहने चालकको पहिचान गर्ने र इलेक्ट्रीक कारको प्रमोट गर्ने विषय सम्झौंतामा उल्लेख गरिएको जनाइएको छ । साथै, ओलाका चालकलाई  फाइनान्सीयल सर्भिस, मेन्टेनेन्सलगायतका सेवासमेत दिने सम्झौंतामा उल्लेख गरिएको छ । 

कियाले यस अघिनै भारतको आन्ध्र प्रदेशमा इलेक्ट्रीक मोभिलीटी बढाउने उद्देश्यसहित ईभी चार्जिङ स्टेशन निर्माण गरेको थियो । 

भारतीय बजारमा सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क संचालन गरिरहेको ओलासँगको सहकार्यले हुन्डाई ग्रुपलाई बजार विस्तारमा निकै ठूलो सहयोग पुग्ने अनुमान गरिएको छ । 


Back_to_top