सातदोबाटोमा खुल्यो एमजीको अत्याधुनिक शोरुम

काठमाडौं । एमजीले आफ्नो नेटवर्क विस्तार गर्ने क्रममा ललितपुरकोे सातादोबाटोमा अत्याधुनिक शोरुम संचालनमा ल्याएको छ ।

प्यारामाउन्ट मोटर्स प्रालिका निर्देशक निकुञ्ज अग्रवालले एक कार्यक्रमका बीच उक्त शोरुमको उद्घाटन गरेका हुन् ।

एमजीको आधिकारिक डिलर पीआर सप्लायर्सले उक्त शोरुम संचालनमा ल्याएको हो ।

एमजीको विश्वव्यापी एमजी मापदण्ड अनुसार तयार गरिएको उक्त अत्याधुनिक शोरुममा ग्राहकले अन्तर्राष्ट्रिय स्तरको सेवा पाउने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले नयाँ एमजीका प्रिमियम गाडीहरूको अवलोकन गर्न, विशेषज्ञ सल्लाह लिन तथा प्रत्यक्ष रूपमा बुकिङ वा खरिद गर्न सक्नेछन् ।

यो डिलरशिपले ललितपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरूलाई सहज र व्यक्तिगत अनुभव सहितको कार खरिदको सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।

निर्देशक अग्रवालले नयाँ शोरुम एमजीको अनुभवको प्रवेशद्धार रहेको बताए । ‘यो नयाँ डिलरशिप केबल एउटा शोरूम मात्र नभएर यो पूर्ण रुपमा एमजी अनुभवको प्रवेशद्वार हो । विश्वस्तरीय डिजाइन, तालिमप्राप्त कर्मचारी र विस्तृत उत्पादन सूचीसहित हामी ललितपुरका ग्राहकहरूलाई शैली, प्रदर्शन र नवीनताको अद्वितीय संयोजन अनुभव गर्न स्वागत गर्दछौं,’ उनले भने ।


Back_to_top