काठमाडौं । जापानी ब्राण्ड होन्डा र निसानदेखि युरोपियन ब्राण्ड रेनो र प्यूजोसम्मका ब्राण्डसँगको सहकार्यमा चीनमा कार उत्पादन गर्दै आएको डोङफेङ ग्रुपको नामी ब्राण्डमा भिगो (नामी-०६) मोडल नेपालमा आजबाट बुकिङ खुला हुँदैछ ।
नाडा अटो शो २०२५ मा विशेष कार्यक्रमसहित बुकिङ खुला हुन लागेको नामी-०६ एसमयूभी हामीले काठमाडौंको विभिन्न स्थानमा चलाएर हेर्यौं । हेर्दा बक्सी डिजाइन लाग्ने एसयूभी विद्युतीय भएको कारण चलाउँदा कम्प्याक कार चालाएको अनुभूति हुन्छ ।
अगाडि र पछाडिकै बम्परले कुनै अफरोड एसयूभीको झल्को दिन्छ । लुकिङ ग्लास पनि त्यस्तै छ । ह्वील आर्क र बडी क्लाडिङ पनि पर्पर अफरोड एसयूभीभन्दा कम छैन । अझ, पछाडिको ढोकालाई दिइएको ‘हेभेन एण्ड अर्थ’ निकै अर्थपूर्ण लाग्छ ।
स्टेरिङ, सिट, ड्यासबोर्ड, गियरनव, इन्फोटेन्टमेन्ट सिस्टम, इन्ट्रुमेन्ट क्लष्टर जस्ता उपभोक्ताले धेरै चासो राख्ने फिचरहरू स्मार्ट छन् । अझ भनौं चल्तिका छन् । अझ नामी-०१ को सफलतापछि आएको दोस्रो मोडल भएकै कारण पनि धेरैले यसलाई ‘टच एण्ड फिल’ गर्न कुरेर बसेको अनुमान लगाउन सकिन्छ ।

ह्याण्डलिङ निकै सहज भएको नामी-०६ मा दिइएको ९९ किलोवाटको मोटरको पावर राम्रो लाग्छ । निकै हल्का साइजको गाडी चलाएको भान हुने नामी-०६ नेपालका धेरै किसिमका बाटाहरूमा सहजै चलाउन सकिने छ ।
यस्ता छन् मुख्य फिचर ?
अन्तर्राष्ट्रिय बजारमा नामी भिगो नामबाट चिनिने नामी-०६ मा सेग्मेन्ट फस्ट फिचरको रूपमा वेलकम र मेमोरी सिट, म्युजिकसँग कनेक्ट गरिएको एम्बियन्ट लाइट, हेभन एण्ड अर्थ टेलगेट, थ्रीसी फास्ट चार्जिङ रहेको छ । १६७ किलोवाटको डिसी फास्ट चार्जर यसले सपोर्ट गर्नेछ । यसमा बाहिर पनि स्पीकर छ ।

नामी-०६ मा एडास लेभल टु, वायरलेस चार्जिङ, वाइफाइ कनेक्टीभीटी, चालकको सिट हिटेड र भ्यान्टिलेटेड छ । वेलकम साउन्ड, १८ इन्चको ह्वील, अटोमेटीक हाइल र लो बीम छनोट गर्ने हेडलाइटले चालकलाई राती गाडी चलाउन निकै सहज बनाउँछ ।
एसीमा पनि न्याभ, रेस्ट र स्नो मोड दिइएको छ । भ्वाइस कन्ट्रोलबाटै कार र मोबाइललाई कमान्ड दिन सकिन्छ । यसमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्फरमेशन डिस्प्ले, उच्च गुणस्तरको ३६० डिग्री क्यामेरा दिइएको छ ।
कम्पनीले यसको विभिन्न ३५ स्थानमा स्टोरेज दिएको छ । एडाप्टीभ क्रुज कन्ट्रोल जस्ता फिचरले चालकलाई लोभ्याउँछ । बाहिर टी आकारमा सजिएको एलइडी हेडल्याम्प, ट्रयाङ्गुलर पिक्सेल टेल लाइटले फरक लुक्स प्रदान गर्छ ।

इन्टेरियरमा ५० वाटको वायरलेस चार्जर, पानारोमिक शनरुफ, वान टच रियर सिट फोल्ड पाउन सकिन्छ । अगाडिका दुई सिटलाई बेडकै रूपमा तयार गर्न सकिन्छ ।
नामी-०६ को लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम र उचाइ १६५४ एमएम छ । यसमा २७१५ एमएम लामो ह्वीलवेस छ । यसमा थ्री लेयर डिजाइनमा बुट स्पेश छ । जसको समग्र साइज ५०० लिटर हो ।
तीन ड्राइभिङ मोड इको, स्टायडर्ड र स्पोर्ट दिइएको एसयूभीमा स्टेरिङ मोड पनि तीन वटा नै छ । क्लाम, स्टायण्डर्ड र कम्फर्ट मोड मध्ये कुनै एक छनोट गर्न सकिन्छ ।

दुई ब्याट्री अप्सनमा आएको एसयूभी हामीले टप भेरियन्टको टेस्ट ड्राइभ गरेका हौं । यसमा ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवरको ब्याट्री दिइएको छ । जसको रेन्ज क्रमशः ३०० र ३५० किलोमिटर रहेको डब्लूएलटीपी टेस्टले देखाएको छ ।
यसमा ६ एयरव्याग, एडास र त्यस भित्र आउने प्याकेज फिचर, ३६० डिग्री क्यामेरा, हटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचरको कारण एसयूभी सुरक्षीत बनाएको छ ।

