काठमाडौं । आजबाट सुरू भएको नाडा अटो शो २०२५ मा सार्वजनिक भएको सबैभन्दा कम मूल्यको कार ‘चांगन लुमिन’ भएको छ । चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटोकर्पले २२ लाख ९९ हजार मूल्य तोकेर लुमिन सार्वजनिक गरेको हो ।
चांगान लुमिन मिनी ईभीमा ३५ किलोवाटको मोटर तथा २८.०८ किलोवाट आवरको सीएटीएलले बनाएको ब्याट्रीप्याक छ । यसले सिंगल चार्जमा ३०१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
लुमिनको राम्रो पक्ष भनेको यसको डीसी फास्ट चार्जर हो । यसलाई डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ ।
‘ईपीए जीरो प्योर इलेक्ट्रीक प्लेटफर्म’मा बनेको लुमिन दुई ढोका भएको ४ जनाले आरामदायी यात्रा गर्न मिल्ने विद्युतीय कार हो । यसको लम्बाइ ३२७० एमएम, चौडाइ १७०० एमएम र उचाइ १५४५ एमएम छ ।

यसको चौडाइ अन्य मिनी कारको तुलनामा धेरै भएको कारण यात्रुले निकै आरामदायी यात्रा गर्न पाउने छन् । यसमा १९८० एमएम लामो ह्वीलबेस रहेको छ ।
निकै आकर्षक इन्टेरियर रहेको लुमिन ईभीमा थ्री स्पोक स्टेरिङ ह्वील, १०.२५ इन्चको फ्लोटिङ टचस्क्रीन, रिभर्स क्यामरा, मोबाइल फोन इन्टरकनेक्सन, भोइस कन्ट्रोल जस्ता हाइटेक फिचर पाउन सकिन्छ ।

