केटीएम बाइक किन्नेलाई यस्तो छ नयाँ वर्ष अफर

काठमाडौं । अस्ट्रियन बाइक केटीएमका लागि नेपालको अधिकृत बिक्रेता हंशराज हुलास चन्द एन्ड कम्पनीले नयाँ वर्ष २०७६ अफर ल्याएको छ । कम्पनीले ‘थ्रिल विथआउट द बिल’ नामक अफर नामक अफर सार्वजनिक गरेको हो ।

कम्पनीले नयाँ वर्षको अवसरमा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई यो योजना अन्तर्गत दुइवर्षसम्म कुनै शुल्क नलाग्ने जनाएको छ । यो योजना अन्र्तगत ग्राहकले बाइक किने पश्चात् दुई बर्षसम्म कुनै मर्मत शुल्क तिर्नु पर्ने छैन । जसमा इन्जिन आयल, सर्भिसिङ्ग खर्च तथा कुनै पनि पार्टस परिर्वतन गर्नु पर्दा लेवर चार्जसमेत तिर्नु पर्दैन ।

यस्तै, दुइवर्षसम्म बाइकको मेन्टेनेन्समा समेत विशेष छुट दिने कम्पनीको योजना छ । नेपाली बजारमा केटीएमले केटीएम डूक २००, २५०, ३९० र केटीएम आरसी २०० र ३९० लगायतका बाइक बिक्री गर्दै आएको छ । नयाँ ग्राहकलाई लक्षित गर्दै ल्याइएको उक्त योजना मोटरसाइकलको स्टक रहेसम्म दिइने कम्पनीले जनाएको छ । 


Back_to_top