काठमाडौं । ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही तीव्र बनाएको छ । जथाभावी सवारी चलाउँदा दुर्घटना बढेसँगै प्रहरीले कारबाही तीव्र बनाएको हो ।
नेपाल प्रहरीका अनुसार पछिल्लो एक महिना (साउन)मा मात्रै ट्राफिक कारबाहीबाट १० करोड ८८ हजार ५९४ रुपैयाँ राजस्व संकलन गरिएको हो । साउनमा करिब १ लाख सवारी साधन कारबाहीमा परेका हुन् ।
प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन, जथाभावी हर्न बजाउने, ओभरटेक गर्ने, लेन क्रस गर्ने, ओभरलोड बोक्ने, तोकिएका कागजात नबोक्ने लगायतलाई कारबाही गरी जरिवाना तिराइएको छ ।

