नेपालमा हुन्डाई क्रेटा : १० वर्षमा १० हजारको माइलस्टोन, पेट्रोलदेखि ईभीसम्म

काठमाडौं । नेपालमा कोरियन अटोमोबाइल ब्राण्ड हुन्डाईको आफ्नै छुटै पहिचान छ । त्यसमा पनि कार पारखीहरुमा हुन्डाईको उत्पादन क्रेटा पहिलो रोजाइमा परेको छ ।

एक हिसाबले भन्दा नेपालमा हुन्डाईभन्दा क्रेटाको चर्चा धेरै सुनिन्छ । पछिल्लो समय नेपाली बजारमा दर्जनौं नयाँ मोडलका कारहरु आएका छन् । तर, अझै पनि कम्प्याक्ट मिडसाइज सेग्मेन्टको एसयूभी खोज्ने ग्राहकको पहिलो रोजाइमा क्रेटा नै पर्ने गरेको देखिन्छ ।

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा क्रेटा बिक्री गर्न थालेको १० वर्ष समेत पूरा भएको छ । क्रेटाले १० वर्षको अवधि पार गर्दा दुई जेनरेशन र धेरै पटक फेसलिफ्ट अपडेट पाइसकेको छ ।

हुन्डाईले क्रेटालाई समय अनुसार डिजेल, पेट्रोल, टर्बो पेट्रोल तथा इलेक्ट्रीक पावरट्रेनमा ल्याएको छ । हाम्रो जस्तो ‘ईभी अडेप्टेसन हाइ’ भएको देशमा त झन क्रेटा ईभीले नवीन प्रविधि र वातावरण मैत्री यातातातलाई सँगसँगै अगाडि बढाएको छ ।

यो महिना क्रेटाको डबल संयोग समेत परेको छ । क्रेटा नेपालमा लन्च भएको १० वर्ष पूगेको खुसियाली मनाइरहदाँ नेपालमा हुन्डाई क्रेटाको १० हजारौं युनिट भित्रिएको छ ।

पछिल्लो समयमा क्रेटाको आइस भेरियन्ट नेपालमै एसेम्बल हुन थालेको छ । कम्पनीका जनरल म्यानेजर दीपक थपलियाका अनुसार सेप्टेम्बर १५ तारिखसम्म १० हजारौं क्रेटा नवलपरासीको रामग्राममा रहेको फ्याक्ट्रीबाट रोलआउट हुनेछ ।

‘हुन्डाई, क्रेटा र नेपालको समग्र अटोमोबाइल क्षेत्रको लागि यो एकदम खुसीको कुार हो,’ उनी भन्छन् । १० हजारौं युनिट सेलिब्रेट गर्न कम्पनीले १० हजार वटै क्रेटालाई सेलेब्रेसन प्याकेज र गिफ्ट ह्पाम्परको व्यवस्था समेत गरिएको थपलियाले बताए ।

यसअघि नै कम्पनीले दशैं तिहारको उपलक्ष्यमा १० गुणा उपहारको स्कीम समेत लन्च गरिसकेको छ ।


Back_to_top