काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको नाम्सी पुलको फलामे रेलिङ चोरी भएको छ ।
भरतपुर सडक डिभिजनका अनुसार नाम्सी पुलमा लगाइएको फलामे बार आइतबार राति चोरी भएको हो ।
सोमबार बिहान साइट सुपरभिजनमा गएको इन्जिनियरको टोलीले उक्त स्थानमा सम्भावित दुर्घटना न्यूनीकरण गर्न लगाइएको फलामको बार चोरी भएको थाहा पाएको थियो ।
‘भदौ १५ गते राति केही अज्ञात समूहले नाम्सी पुलको फलामे रेलिङ चोरी गरी लगेको जानकारी सोमबार बिहान इन्जिनियरको टोली साइट सुपरभिजनबाट प्राप्त भयो,’ सडक डिभिजनले भनेको छ, ‘त्यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय चितवनलाई पनि पत्राचार मार्फत जानकारी गराइसकिएको छ।’
उक्त स्थानमा सम्भावित दुर्घटना नहोस् भन्ने उद्देश्यले र रातको समयमा पनि देखिन सक्ने गरी फलामको पाइपहरू वल्डिङ गरिसकिएको सडक डिभिजनले जानकारी दिएको छ।

