सार्वजनिक भयो सुजुकीको पहिलो ‘एडास २’ भएको एसयूभी

काठमाडौं । भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी मारुती सुजुकीले दोस्रो मिडसाइज कम्प्याक्ट एसयूभी भिक्टोरिस सार्वजनिक गरेको छ ।

६ वटा भेरियन्टमा आएको भिक्टोरिस मारुती सुजुकीको पहिलो लेभल २ एडास सिस्टम भएको एसयूभी हो ।

मारुती सुजुकीले सन् २०२३ मा पहिलो मिडसाइज एसयूभीको रूपमा ग्राण्ड भिटारा लन्च गरेको थियो । आज  सार्वजनिक भएको भिक्टोरिसको डिजाइन मारुती सुजुकीको इलेक्ट्रीक एसयूभी ई भिटाराबाट प्रभावित भएको देखिन्छ ।

भिक्टोरिसको लम्बाइ ४३६० एमएम, चौडाइ १६५५ एमएम, उचाइ १७९५ एमएम र ह्वीलबेस २६०० एमएम छ ।

यसको फ्रन्टमा क्रोम स्ट्रीपले जोडेको चंकी एलईडी हेडलाइट र लाअरमा सिल्भर कलरको स्किड प्लेट दिएको छ । साइडबाट हेर्दा यो एसयूभीमा १८ इन्चको अलोय ह्वील, ब्ल्याक आउट पिल्लर, सिल्भर रुफरेल, स्क्वायरअफ बडी क्लाइडिङ रहेको छ । रियरमा एलईडी लाइटबार, आकर्षक डिजाइनको ब्याक लाइट र अंग्रेजी अक्षरमा भिक्टोरिस लेखिएको छ ।

मारुती सुजुकी भिक्टरिसमा १०.२५ इन्च साइजको इन्फोटेन्मेन्ट टचस्क्रीन, डिजिटल ड्राइभर डिस्प्ले, थ्रीस्पोक स्टेरिङ ह्वील जस्ता फिचर रहेको छ । यो एसयूभीमा अन्य फिचरको लिस्टमा वायरलेस एप्पल कारप्ले एण्ड एण्डरोइड अटो, ८ वटा स्पीकर सहितको डल्बी एटमस साउण्ड सिस्टम, ८ वे पावर्ड एण्ड भेन्टिलेटेड फ्रन्ट सिट, ६४ कलरको एम्बियन्ट लाइट, कनेक्टेड कारटेक, अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्यानारोमिक सनरुफ, वायरलेस चार्जर, हेडअप डिस्प्ले, पावर टेलगेट आदि रहेको छ ।

सुरक्षाको लागि यो एसयूभीमा ६ वटा एयरब्याग, एबीएस विथ ईबीडी, ट्रयाक्सन कन्ट्रोल, ब्रेक असिस्ट, हिलहोल्ड कन्ट्रोल, ३६० डिग्री क्यामरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, लेभल २ एडास सिस्टम रहेको छ । मारुती सुजुकी भिक्टोरिसले भारत एनक्यापमा ५ स्टारको सेफ्टी रेटिङ पाएको छ ।

मारुती सुजुकीले भिक्टोरिसमा ग्राण्ड भिटारामा प्रयोग भएको ४ सिलिण्डरको १.५ लिटरको माइल्ड हाइब्रिड पेट्रोल र ३ सिलिण्डरको १.५ लिटरको स्ट्रङ हाइब्रिड पेट्रोल इन्जिन दिएको छ । भिक्टोरिसमा ५ स्पीडको म्यानुअल, ६ स्पीडको टर्क कन्भर्टर अटोमेटिक र ई सीभीटी ट्रास्मीसनको अप्सन रहेको छ । यो एसयूभीमा फ्रन्टह्वील ड्राइभ र अलह्वील ड्राइभको दुवै अप्सन रहने छ ।

मारुती सुजुकी भिक्टोरिसको सिधा प्रतिस्पर्धा हुन्डाई क्रेटा, किया सेल्टोस, टोयोटा अर्वान क्रुजर, एमजी एस्टर र होण्डाको एलिभेटसँग हुनेछ । यो एसयूभीको मूल्य भने केही समय पछि मात्र सार्वजनिक हुनेछ ।


Back_to_top