बुटवल । प्रोटोन नेपालले बुटवलमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याउनु अगावै एकैपटक १० जना ग्राहकलाई प्रोटोन इमास सेभेन हस्तान्तरण गरेको छ ।
नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यसअघि बुकिङ गरेका ग्राहकलाई उक्ति ईभी हस्तान्तरण गरेको हो ।
कम्पनीले चाँडै नै बुटवलमा बालाजी ई अटोमोबाइल्ससँगको साझेदारीमा प्राटोनले नयाँ शोरुम संचालनमा ल्याउने भएको छ ।
धेरै ग्राकहले आफ्नो शोरुम उद्घाटन अघि नै प्रोटोन इमास सेभेन खरिद गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । जसले प्रोटोनको प्रविधि र बिक्रीपछिको सेवाप्रतिको विश्वास काठमाडौंभन्दा बाहिर पनि तीव्रगतिमा बढिरहेको देखिएको छ ।
पोखराको सफलतामाथि आधारित हुँदै बुटवलको सामूहिक हस्तान्तरणले ब्रान्डको विश्वसनीयता र नेपालभर बढ्दो लोकप्रियतालाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले शोरुम उद्घाटन अघि नै बुटवलका १० परिवारहरूले आफ्नो प्रोटोन इमास सेभेन घर लैजाने अवसर पाउनु गौरवको क्षण रहेको बताए ।
‘शोरुम उद्घटन हुनु अघि नै बुटवलका १० परिवारहरूले आफ्नो प्रोटोन इमास सेभेनघर लैजाने अवसर पाउनु हाम्रो लागि गौरवको क्षण हो । यसले नेपाली ग्राहकहरूले विश्वस्तरीय प्रविधि, सुरक्षा, सुविधा र हाम्रो ग्राहकलाई प्राथमिकता दिने नीतिलाई थप प्रमाणित गर्दछ,’ उनले भने ।
कम्पनीले प्रोटोन इमास सेभेन खरिद गर्न चाहने ग्राहकलाई सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, उत्कृष्ट वारेन्टी र भरपर्दो सेवा उपलब्ध गराएको छ ।

