असोज ६ देखि २२ गतेसम्म देशभर रुट परमिट खुला

काठमाडौं । घटस्थापना (असोज ६ गते)देखि कोजाग्रत पूर्णिमा (असोज २२ गते)सम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रूट परमिट खुला गरिने भएको छ ।

यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकार भएका निकायको बैठकले दशैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रूट परमिट खुला गर्ने निर्णय गरेको हो ।

विभागका अनुसार दशैंको समयमा हुने यात्रुको चापलाई मध्येनजर गर्दै देशका जुनसुकै स्थानमा रुट परमिटबिना बस चलाउन पाइने छ । यद्यपि, कुनै बाटोमा विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका गाडी भने चलाउन नपाइने विभागले जनाएको छ ।


Back_to_top