काठमाडौं । क्लासिक टेकले यसवर्षको दशैं विशेष अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत ग्राहकले १ वर्षको मूल्यमा २ वर्ष इन्टरनेट सेवा पाउने भएका हुन् । अर्थात् १ वर्षको पैसा तिर्दा २ वर्ष इन्टरनेट चलाउन पाउने भएका हुन् ।
ग्राहकहरूले ७० एमबीपीएस इन्टरनेट जडान गर्दा मात्र प्रतिमहिना ४४३ रुपैयाँमा इन्टरनेट सेवा पाउने छन् । साथै, वाइफाइ सिक्स राउटर पनि पाउने छन् ।
यस राउटमा एउटै नेटवर्कमा धेरै डिभाइस जडान हुँदा पनि इन्टरनेट स्पीड नघट्ने, ५० भन्दा बढी डिभाइस सपोर्ट गर्ने क्षमता भएकोले घर वा अफिस दुवैका लागि उपयुक्त हुने, भिडियो स्ट्रिमिङ वा भिडियो कलमा ढिलाइ नहुने, २.४ गेगाहर्ज र ५ गेगाहर्ज स्थिर र तेज इन्टरनेटको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ ।
यो अफर अन्य इन्टरनेट प्लानहरूमा पनि लागू हुनेछ । जसमा १००, २०० र ३०० एमबीपीएस सम्मका स्पीड अफरहरू समावेश छन्।
त्यसैगरी, इन्टरनेटसँगै आइपी टीभी सेवा पनि उपलब्ध छ । जहाँ प्रति महिना २५० रुपैयाँमा स्मार्ट सेटटप बक्स प्रयोग गरी विभिन्न च्यानलहरू हेर्न सकिनेछ ।


