काठमाडौं । बीवाइडीको लग्जरी सबब्राण्ड याङवाङको यू नाइन एक्ट्रीम विश्वको सबैभन्दा छिटो गुड्ने कारको रेकर्ड बनाएको छ ।
हालै जर्मर्नीको अटोमोटिभ टेस्टिङ सेन्टर पापेनवर्गमा भएको स्पीड टेस्टमा यू नाइन एक्ट्रीम इलेक्ट्रीक कारले ४९६.२२ किलोमिटर प्रतिघण्टाको स्पीडको रेकर्ड बनाएको हो ।
बीवाइडी यू नाइन एक्सट्रीमले यसअघि बुगाटी चिरोन सुपर स्पोट्स ३०० प्लसले बनाएको ४९०.५ किलोमिटर प्रतिघण्टाको रेकर्ड ब्रेक गरेको हो ।
यू नाइन एक्ट्रीमलाई यसअघि याङवाङ यू नाइन ट्रयाक एडिसनको नामले चिनिने गरेको थियो । इलेक्ट्रीक हाइपर कार यू नाइन विश्व बजारका लागि जम्मा ३० वटा मात्रै उत्पादन गर्ने कम्पनीले बताएको छ ।
बीवाइडी यू नाइन एक्सट्रीममा एक्सटेन्डेड एरोडायनामिक इक्युपमेन्ट, ठूलो साइजको कार्बन फाइबरको फ्रन्ट स्पोइलर, ड्युल च्यानल हुड डिजाइन र प्रोमिनेन्ट स्वान नेक रियर विण्ङ रहेको छ ।
यो हाइपर कारको लम्बाइ ४९९१ एमएम, चौडाइ २०२९ एमएम, उचाइ १३५१ एमएम र २९०० एमएमको ह्वीलबेस रहेको छ । यो कारमा २० इन्चको ड्युल फाइभस्पोक ह्वील र जीटी स्पोर्ट टायर रहेको छ । यो टायर जीटीले ५०० किलोमिटर प्रतिघण्टासम्मको स्पीडको बनाएको हो । यो कारमा ब्रेकिङको लागि टाइटेनियम क्यालिपर र अपग्रेटेड कार्बन सेरामिक डिस्क रहेको छ ।
बीवाइडी यू नाइनमा ५५५ किलोवाटको चारैवटा इलेक्ट्रीक मोटर रहेको छ । चारवटा मोटरको संयुक्त पावर ३००० हर्सपावरको रहेको छ । बीवाइडीको यी सिफाङ सिस्टम रहेको यो कारमा १२०० भोल्टको सिलिकन कावाइड बेसको प्ल्याटफर्म रहेको छ ।


