किन डुकाटीले बनाउँदैन साना मोटरसाइकल ? थाहा पाउनुहोस् कारण

काठमाडौं । विश्व बजारमा मिड साइज सेग्मेन्टका मोटरसाइकलको बिक्री बढिरहदा डुकाटीले भने मिड साइज र साना साइजका मोटरसाइकल उत्पादन नगर्ने घोषणा गरेको छ ।

विश्वका अन्य नामुद कम्पनीहरु हार्ले, बीएमडब्लू, ट्रायम्फ, नोर्टन, बीएसए जस्ता ब्रान्डले समेत मिडसाइज र सानो सेग्मेन्टका मोटरसाइकल उत्पादन गरिरहेको अवस्थामा डुकाटीले भने उत्पादन नगर्ने निर्णय लिएको हो ।

विशेषगरी ट्रायम्फ, नोर्टन, बीएसए जस्ता ब्रान्डले मिड साइज सेग्मेन्टमा विश्व बजारमा राम्रो चर्चा पाइरहेका छन् । यस्तोमा इटालियन ब्राण्ड डुकाटीले ३०० देखि ५०० सीसी सेग्मेन्टमा प्रवेश जानकारी दिएको हो ।

डुकाटीका प्रडक्ट एण्ड कम्यूनिकेसन हेड गुइलियो फाब्रीका अनुसार जतिसुकै प्रतिस्पर्धा बढेपनि कम मूल्यका मोटरसाइकल बनाउने र ठूलो संख्यात्मक बिक्री पाउने ब्रान्डको योजना बाहिरको कुरा हो ।

‘डुकाटीले जुन डिजाइन र पर्फमेन्सका मोटरसाइकल बनाउँछ, त्यो सानो साइजको मोटरसाइकलमा बनाउने हो भने मूल्य निकै महंगो पर्न जान्छ । त्यसैले हाम्रो साना मोटरसाइकल तपाईहरुले देख्न पाउनु हुन्न’, फाब्रीले एक अन्तर्वार्तामा भनेका छन् ।

कम मूल्यमा मोटरसाइकल बनाउनका इटालीभन्दा बाहिरको अन्य देशमा उत्पादन गर्नु पर्ने उनको भनाई थियो । ‘मेड इन इटाली’ कम्पनीको पहिचान भएकाले त्यसमा दाँया बाँया हुँदैन फाब्रीले भने ।

डुकाटीले कम बजेटका मोटरसाइकल खोज्नेलाई भन्दा ठूला बाइक खोज्ने युवा वर्ग लक्षित मोटरसाइकल बनाउँदै आएको छ । अहिले कम्पनीले सबैभन्दा कम क्षमाताको मोटोक्रस सेग्मेन्टमा ६९८ सीसी क्षमताको मोटरसाइकल उत्पादन गर्दै आएको छ ।

यसअघि कुनै समय ४०० सीसी सेग्मेन्टमा मोटरसाइकल उत्पादन गरेको डुकाटीले अहिले उक्त मोटरसाइकलको उत्पादन बन्द गरिसकेको छ ।


Back_to_top