अपडेटेड ट्रायम्फ स्पीड ४०० नेपालमा, मूल्य बढ्यो

काठमाडौं । ट्रायम्फ स्पीड ४०० को अपडेटेड भर्सन नेपालमा सार्वजनिक भएको छ । कम्पनीले ट्रायम्फ ‘स्पीड ४०० माई २५’ नेपाली बजारमा बिक्री सुरु गरेको हो ।

ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ६ लाख ५९ हजार ९०० रुपैयाँ तोकेर नयाँ स्पीड ४०० को बिक्री सुरु गरेको हो ।

नयाँ स्पीड ४०० मा नयाँ कलर अप्सन, वाइड टायर, नयाँ सिट र ग्राउण्ड क्लियरेन्स वृद्धि भएर आएको छ । नयाँ भर्सन स्पीडमा दिएको सिट र नयाँ टायरले ग्राउन्ड क्लियरेन्स र सिट हाइटमा सामान्य वृद्धि भएको हो । यसका अलावामा अन्य मेकानिक परिर्वतन भने गरिएको छैन् ।

अपडेट सहित आएको स्पीड ४०० माई २५ को मूल्य पुरानो मोडलको तुलानामा १० हजार रुपैयाँले बढेको छ । यसअघि स्पीड ४०० को मूल्य ६ लाख ४९ हजार ९०० रुपैयाँ रहेको थियो ।

यस्तो छ ट्रायम्फको स्पीड ४०० मोटरसाइकल

स्पीड मोटरसाइकलमा ३९८.१५ सीसीको सिंगल सिलिण्डर, फोर भल्ब, लिक्विड कुल्ड, डीओएचसी, एफआई, युरो ५ कम्प्लाइन्टको इन्जिन पाउन सकिन्छ । यस इन्जिनले अधिकतम ४० पीएस पावर तथा ३७.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स र टर्क एसिस्ट क्लच पनि दिएको छ ।

स्पीड ४०० मा सेमि डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, स्वीचेबल ट्रयाक्सन कन्ट्रोल, पूरा एलईडी लाइट सेटअप, राइड बाई वायर थ्रोटल, इमोबिलाइजर, टाइप सी यूएसबी चार्जिङ पोर्ट, डबल च्यानल एबीएस, अपसाइड डाउन फर्क र ग्यास मोनोसक सस्पेन्सन लगायत फिचरहरू छन् ।


Back_to_top