ब्याट्री टेक्नोलोजीले अन्योलता बढाउँदै, सोलिड लिक्विड नयाँ नाम

काठमाडौं । चिनियाँ सरकारी कार्यालयले सेमी सोलिड स्टेट ब्याट्रीलाई स्ट्याण्डर्डराइज गर्ने भएको छ । चिनियाँ अधिकारीहरुले सार्वजनिक भ्रम रोक्न सेमी सोलिड स्टेट ब्याट्रीलाई अब ‘सोलिड लिक्वीड ब्याट्री’ नाम दिने भएका हुन् ।

सोलिड स्टेट ब्याट्री र सेमी सोलिड स्टेट ब्याट्री जस्ता नामले आम नागरिकमा अन्योलता उत्पान्न गराएको भन्दै चीनले सेमी सोलिड स्टेट ब्याट्रीको नाम नयाँ दिन लागेको हो ।

सन् २०२१ मा नियो इंकले पहिलो पटक १५० किलोवाट आवर इनर्जी डेन्सीटी भएको सेमी सोलिड स्टेट ब्याट्री देखाएको थियो । नियोले इटी सेभेन सेडानमा दिएको उक्त ब्याट्री प्रयोग गरेर सिंगल चार्जमा १००० किलोमिटर गुडाउन सकिने दावी गरेको थियो ।

पछिल्लो समयमा एमजीले आफ्नो ह्याचव्याक कार एमजी फोरमा पनि सेमी सोलिड स्टेट ब्याट्रीको प्रयोग गरेको छ ।
अहिले प्रायः सबै ईभी र ब्याट्री उत्पादकहरुले विकास गरिरहेका सेमी सोलिड स्टेट ब्याट्री नेक्स्ट जेनेरेशन अल सोलिड स्टेट ब्याट्रीको ‘ट्रान्जीसन फेज’ हो । यसमा हाइब्रिड सोलिड लिक्विड इलेक्ट्रोलाइटको प्रयोग गरिएको हुन्छ ।

विश्वको सबैभन्दा ठूलो हाइभोल्टेज ब्याट्री उत्पादक सीएटीएलले सन् २०२७ सम्ममा सानो स्केलमा अल सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने योजना सार्वजनिक गरिसकेको छ । त्यस्तै चेरी मोटर ग्रुप, एसएआइसी, जिली मोटर्स, टोयोटा लगायतका कम्पनीले पनि अल सोलिड स्टेट ब्याट्रीको विकास गरिरेका छन् ।


Back_to_top