काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको जलविरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेको छ ।
बिहीबार साँझ ५ः१० बजे पहिरो खस्दा सवारी आवागमन एकतर्फी भएको हो ।
पहिरो पन्छाउन मेशिन सम्बन्धित स्थानतर्फ आउँदै गरेको सडक डिभिजन भरतपुरले जनाएको छ । उक्त पहिरो पन्छाई सवारी आवागमन दुवैतर्फ सुचारू हुन करिब १/२ घण्टा लाग्ने अनुमान गरिएको छ ।
यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न डिभिजनले सबैमा आग्रह गरेको छ ।


