प्यूजोको पोलिगन कन्सेप्टमा अनौठाे स्टेरिङ

काठमाडौं । फ्रेन्च अटोमोबाइल कम्पनी प्यूजो र्याडिकल डिजाइनको नयाँ पोलिगन कन्सेप्ट ईभीको टिजर सार्वजनिक गरेको छ ।

प्यूजोले देखाएको नयाँ कन्सेप्टको २०८ एक दुई ढोके मोर्डन ह्याचब्याक कार हो ।

ग्रिललेस नोज डिजाइन भएको यो इलेक्ट्रीक कारमा अगाडि विण्डस्क्रीनदेखि रियर विण्डोसम्मै ग्लास हाउसले बनेको पार्सियल ग्लेज रुफ रहेको छ । यो नयाँ ईभीमा स्टिर बाई वायर टेक्नलोजी हुनेछ । जुन प्यूजोको पोलिगन कन्सेप्टको मुख्य आकर्षण हो ।

हाईटेक स्टेरिङ सिस्टमको साथमा चारवटा प्वाल भएको नयाँ डिजाइनको स्टेरिङ ह्वील रहको छ । रेक्ट्रयाङगुलर सेपमा ४ वटा प्वाल रहेको यो स्टेरिङलाई हाइपर स्क्वायर डिजाइन भनिएको छ । यसमा दिएको ४ वटा प्वालले गाडीको चारवटा चक्कालाई प्रतिनिधित्व गर्छ ।

प्यूजोले पोलिगन कन्सेप्टको पूरा विवरण आगामी हप्ता रिभिल गर्ने योजना बनाएको छ । यो ईभीमा अहिलेको ई २०८ रहेको ५२ किलोवाट आवरको ब्याट्रीप्याकको सट्टामा ८२ किलोवाट आवरको ब्याट्रीप्याक भएमा अचम्मित हुनु पर्दैन ।


Back_to_top