यामाहाको वहुप्रतिक्षित XSR 155 मोटरसाइकल सार्वजनिक

काठमाडौं । यामाहा मोटर इन्डियाले आफ्नो नयाँ मोटरसाइकल एक्सएसआर १५५ सार्वजनिक गरेको छ।

कम्पनीले भारतीय बजारमा यामाहा एक्सएसआर १५५ मोटरसाइकल १ लाख ४९ हजार भारु तोकेर बिक्री सुरू गरेको हो ।

नियो क्लासिक रेट्रो क्रुजर सेग्मेन्टमा बजारमा आएको एक्सएसआर १५५ चार कलर अप्सनमा उपलब्ध छ ।

यो मोटरसाइकल यामाहा आर १५ र एमटी १५ कै प्लेटफर्ममा निर्माण भएको हो । त्यसैले यसमा दिइएको इन्जिन पनि समान छ । कम्पनीले रेट्रो डिजाइनको मोटरसाइकल मन पराउने ग्राहकका लागि विशेष गरी यो एक्सएसआर १५५ मोडल ल्याएको हो ।

अन्य देशहरूमा यो मोटरसाइकल पहिले देखि नै उपलब्ध छ । भारतमा भने हालसालै सार्वजनिक गरियको हो । यसको डिजाइन विश्वव्यापी एक्सएसआर १५५ बाट प्रेरित छ । यसमा क्लासिक स्टाइलका साथै मोर्डन टच पाउन सकिन्छ ।

दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको एक्सएसआर १५५ मा डेल्टा बक्स फ्रेम, गोलाकार एलईडी हेडलाइट सेटअप, टियरड्रप आकारको फ्युल ट्यांक, फ्ल्याट सिंगल पिस सिट, १३७ किलोग्राम तौल, १२० एमएम ग्राउन्ड क्लियरेन्स र १० लिटरको फ्युल ट्यांक दिइएको छ ।

यसमा १५५ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्ब, एसओएचसी, एफआई, भीभीए इन्जिन रहेको छ । यसले अधिकतम १८.४ पीएस पावर तथा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै असिस्ट र स्लिपर क्लच पनि छ ।

साथै, मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक यूएसडी फोर्क र रियरमा स्वीङआर्म लिंक मोनोसक सस्पेन्सन सेटअप, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, ट्युबलेस टायर र कलर म्याचिङ अलोय ह्वील रहेको छ ।

त्यस्तै, वाइ स्मार्टफोन कनेक्टिभिटी सिस्टम सहितको पूरा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, पूरा एलईडी लाइट, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रीक स्टार्टर लगायतका फिचरहरू पाउन सकिन्छ ।


Back_to_top