काठमाडौं । शुक्रबारदेखि प्रोटोनको विशेष एक्सचेन्ज अफर संचालन हुने भएको छ ।
नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले ईभीमा अपग्रेड हुन चाहने ग्राहकलाई मध्यनजर गर्दै उक्त अफर ल्याएको हो ।
कम्पनीका अनुसार एक्सचेन्ज अफर ३ दिन (मंसिर ७ गतेसम्म) काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुनेछ ।
उक्त कार्यक्रममा आफूसँग भएको पुराना सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन इमासका प्रमुख विशेषताहरु, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ।
साथै, एक्सचेन्ज अफर अन्तर्गत ग्राहकले प्रोटोन इमास सेभेन ४६ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् ।
प्रोटोन इमास ७ एसयूभीमा शक्तिशाली १६० किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । यसमा ४९.५ र ६०.२ किलोवाट आवरको एजीस सर्ट ब्लेड ब्याट्री छ । यसले एकपटकको फूलचार्जमा ४९२ देखि ५८५ किमीसम्म रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ । इमकास सेभेनको प्राइम भेरियन्टले ८० किलोवाट र प्रिमियमले १०० किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।
इमास सेभेनको लम्बाइ ४६१० एमएम र चौडाइ १९०१ एमएम छ । यसको गउण्ड क्लियरेन्स १८० एमएम छ ।


