दिपल एस-०३ दुई ब्याट्री अप्सनमा आउने, मूल्य निकै आकर्षक

काठमाडौं । चांगानले निभो क्यू-०५ नामबाट चीनमा सार्वजनिक गरेको एसयूभी अन्तर्राष्ट्रिय बजारमा दिपल एस–०३ नामबाट आउने छ । कम्पनीले क्यू-०५ लाई दुई ब्याट्री अप्सनमा ल्याएको हो ।

कम्पनीका अनुसार यसमा ४० र ५१ किलोवाट आवरको दुई ब्याट्री उपलब्ध हुनेछ । यसमा रहेको ब्याट्रीले थ्रीसी स्पीडको चार्जिङ सपोर्ट गर्नेछ ।

निकै स्मार्ट साइजमा उपलब्ध कम्प्याक्ट एसयूभीको लम्बाइ ४४३५, चौडाइ १८५५ र उचाइ १६०० एमएम रहेको छ । यसमा ह्वीलवेस भने २७३५ एमएम लामो हुनेछ ।

चांगानको ‘डिजिटल स्मार्ट विंग २.०’ डिजाइन ल्याङ्गवेजमा बनेको हो । बाहिरी डिजाइन हेर्दा दिपलको पर्फेक्ट एसयूभी लुक्स यसमा पाउन सकिन्छ ।

निकै स्मार्ट ककपिट प्रयोग भएको निभो क्यू-०५ मोडल नेपाली बजारमा भने दिपल एस-०३ नामबाट आउने पक्का भइसकेको छ । सम्भवत थाइल्याण्डमा उत्पादन हुने एस-०३ एसयूभी नेपाली बजारमा उपलब्ध हुनेछ ।

यसको क्याविनमा १५.६ इन्चको सेन्ट्रल कन्ट्रोल स्कृन र १०.१७ इन्चको फुल एलसीडी इन्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यसमा थुप्रै कनेक्टीभीटी फिचर उपलब्ध रहने छ ।

निकै स्मार्ट एडास फिचर उपलब्ध रहने कारमा सुरक्षाको लागि लामो लिस्ट उपलब्ध हुनेछ । लाइडार सहित ११ हाइ-डेफिनेसन क्यामरा, १२ अल्ट्रासोनिक राडार, थ्री मिलिमिटर वेभ राडारसँगै एड्भान्स नेभिगेसन एसिस्टेन्स फिचर उपलब्ध हुनेछ ।

दिपलको नयाँ एसयूभी एस-०३ को सिट पनि निकै लग्जरी हुनेछ । यसमा हिटेड, भ्यान्टिलेटेड र मसाजसहितको फ्रन्ट सिट रहने छ । साथै, २५६ कलरको एम्बियन्ट लाइट पनि रहने छ ।

दिपलको नयाँ एसयूभी फ्रन्ट ह्वील ड्राइभ मोटरको साथ उपलब्ध हुनेछ । चीनमा १२० किलोवाट क्षमताको मोटरमा उपलब्ध यसलाई सम्भवत नेपाली बजारमा १०० किलोवाट क्षमताको मोटरमै ल्याउने छ ।


Back_to_top