भारतमा निसानको दोस्रो मोडल तयार, ६ दिनपछि सार्वजनिक हुने

काठमाडौं । जापानी अटाेमाेबाइल ब्राण्ड निसानले भारतीय बजारको लागि दोस्रो मोडल तयार गरेको छ ।

भारतमा हाल निसान म्याग्नाइट मात्र उत्पादन गर्दै आएको निसान इण्डियाले अर्को साता (डिसेम्बर १८) ७ सिटे एमपीभी सार्वजनिक गर्ने भएको हो ।

४ मिटर लम्बाइको यो एमपीभी सबैभन्दा अफोडेबल ७ सिटे अप्सन हुनेछ । निसानले नयाँ एमपीभीको नाम घोषणा नगरे पनि यसको टिजर सार्वजनिक गर्दै धेरै कुराहरू बाहिर ल्याएको छ ।

निसानको एमपीभीमा युनिक रेडियटर ग्रिल, फरक डिजाइनको फ्रन्ट बम्पर, आधुनिक डिजाइनको हेडल्याम्प र टेलल्याम्प ग्राफिक्सको साथमा १५ इन्चको अलोय ह्वील रहेको छ ।

२ ३ २ को लेआउटमा हुने यो एमपीभीको सेकेण्डरोको सिट स्लाइड, रिक्लाइन र फोल्ड गर्न सकिने किसिमको हुनेछ भने ५ जना मात्र यात्रा गर्दा लगेज स्पेशका लागि थर्डरोको सिट रिमुभेबल रहने छ ।

निसानको एमपीभीमा ८ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एण्डरोइड अटो, ७ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, वायरलेस स्मार्टफोन चार्जर लगायत इन्टेरियर फिचर रहने छ ।

सुरक्षाको लागि यो एमपीभीमा फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर, रिभर्स क्यामरा, ६ वटा एयरब्याग, ईएससी, एचएसए र टीसीएस लगायत फिचर छन् ।

निसानले यो एमपीभीमा ७१ हर्सपावर र ९६ न्युटन मिटरको टर्क दिने १.० लिटरको ३ सिलिण्डरको पेट्रोल इन्जिन दिएको छ । यो इन्जिनको साथमा ५ स्पीडको म्यानुअल र अटोमेटिक गियर अप्सन रहनेछ ।


Back_to_top