बजारमा आयो नयाँ पल्सर २२० एफ, पहिलोपटक राखियो यी फिचर

काठमाडौं । भारतीय मोटरसाइकल ब्राण्ड बजाजको सर्वाधिक सफल मोडल पल्सर २२० एफको नयाँ अपडेटेड भेरियन्ट सार्वजनिक भएको छ ।

कम्पनीले भारतीय बजारमा पल्सर २२० एफ नयाँ भेरियन्ट बिक्री सुरू गरेको हो । कम्पनीले नयाँ मोटरसाइलको मूल्य १ लाख २८ हजार भारु (एक्स शोरुम) तोकेको छ ।

बजाज पल्सर २२० सन् २००७ देखि बजारमा उपलब्ध छ । नयाँ पल्सर २२० एफमा कम्पनीले पहिलो पटक डबल च्यानल एबीएस दिएको छ । साथै, यसमा केही कस्मेटिक परिवर्तनहरूसहित अन्य धेरै नयाँ सुविधाहरू थपिएका छन्।

अपडेट गरिएको पल्सर २२०एफमा नयाँ ग्राफिक्स डिजाइन र दुई नयाँ कलर अप्सन पाइन्छ । यसले २२० एफलाई रिफ्रेस लुक्स देखाएको छ ।


पल्सर २२० एफमा ब्लूटुथ इनेबल्ड पूरा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर छ । यसमा टर्न बाई टर्न नेभिगेसन, कल एसेप्ट र रिजेक्ट, मिस कल, एसएमएस अलर्ट, समय र डीटीई रिडआउट जस्ता सुविध थपेको छ ।

यसको अगाडि टेलिस्कोपिक एन्टी फ्रिक्शन बुश सस्पेन्सन र पछाडि ५ स्टेप नाइट्रोक्स शक अब्जर्बार, एलईडी लाइट, स्ट्यान्डर्ड एलईडी इन्डिकेटर्स, अलोय ह्वील, ट्युबलेस टायर र डबल डिस्कब्रेक पाउन सकिन्छ ।

बजाज पल्सर २२० एफमा कुनै मेकानिकल परिवर्तन गरिएको छैन। यसमा उही २२० सीसीको एयर र आयल कुल्ड, ट्विन स्पार्क, एफआई डीटीएसआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम २०.४ पीएस पावर र १८.५ एनएमको टर्क जेनेरेट गर्छ। यसमा ५ स्टेपको गियरबक्स छ ।


Back_to_top