चुनावमा सवारी साधन प्रयोगमा कडाइ गरिँदै, दुइटा बढी नपाइने

फाइल तस्बिर

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवाहरूलाई सवारी साधन प्रयोगमा कडाइ गरिने भएको छ ।

निर्वाचन आयोगले तयार पारेको प्रस्तावित निर्वाचन आचारसंहितामा उम्मेदवारलाई सवारी साधन प्रयोगमा विभिन्न शर्तहरू तोकिएको हो ।

प्रस्तावित व्यवस्था अनुसार कुनै पनि उम्मेदवारले प्रचार प्रसार गर्दा अनुमति नलिइकन सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ । बिना अनुमति सवारी साधन प्रयोग गरेको पाइएमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबाही गरिने छ ।

त्यस्तै, उम्मेदवारले आयोगले तोकेबमोजिम बढीमा दुईवटा (दुई/तीन/चारपाँग्रे) सवारी साधन मात्रै प्रयोग गर्न पाउने छन् । सवारीसाधन नचल्ने स्थानमा उम्मेदवारले ४ वटासम्म घोडा प्रयोग गर्न पाउने छन् ।

उम्मेदवारले विदेशी नम्बर प्लेटका सवारीसाधन भने प्रयोग गर्न प्रतिबन्ध लगाइने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै, सवारीसाधनको स्वरुप परिवर्तन गरी प्रयोग गर्न वा गराउन पनि पाउने छैनन् ।

उम्मेदवार वा राजनीतिक दलले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न पाउने छैनन्। गर्भवती महिला, सुत्केरी, किरीयापुत्री, शारीरिक रूपले असक्तता, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायतलाई भने निर्वाचन अधिकृतको अनुमति लिएर बोक्न पाउने छन् ।


Back_to_top