काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को ४९औं वार्षिक साधारण सभा (बन्द सत्र) सम्पन्न भएको छ ।
बुधबार ललितपुरस्थित होटल द प्लाजामा साधारण सभा सम्पनन भएको हो । संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित यस सभामा सदस्यहरूको उत्साहजनक र ऐतिहासिक सहभागिता रहेको थियो।
संस्थामा हाल नवीकरण भएका कुल १,५४८ सदस्यहरूमध्ये १,४८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थिति थियो ।
सभाले नाडाका विभिन्न एजेण्डा र औपचारिक कार्यसूचीहरू माथि विस्तृत छलफल गर्दै सभाले सर्वसम्मतिले पारित गरेको छ ।
आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिक मार्गचित्रबारे गम्भीर बहस र मार्गनिर्देशन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यस्तै, नाडाको नयाँ कार्यसमिति चयनका लागि यही पुस २५ गते निर्वाचन गर्ने निर्णय समेत गरेको छ ।

