जिली ईएक्स फाइभ बुकिङ गर्दा २ लाख छुट, साथै थप ५ सुविधा पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘ईएक्स फाइभ एक्सिलेन्ट बोनानाज’ योजना ल्याएको छ । कम्पनीले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा विशेष छुट अफर ल्याएको हो ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत डिसेम्बर २५ देखि जनवरी ७ (पुस १० देखि २३ गतेसम्म) जिली ईएक्स फाइभ म्याक्स र प्रो बुकिङ गर्ने ग्राहकहरूले विशेष लाभहरू पाउने छन् ।

जिली ईएक्स फाइभ बुक गर्ने ग्राहकहरूले २ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् । साथै, पोखरास्थित रुपाकोट रिसोर्टमा दुई जनाका लागि २ दिन/१ रातको निःशुल्क प्याकेज पाउने छन् ।

यसका अलावा ग्राहकले निःशुल्क एक्सेसरी र चार्जर, एक वर्षको रोड ट्याक्स, एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स पनि निःशुलक पाउने छन् ।

त्यस्तै, कम्पनीले ग्राहकलाई एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ । ग्राहकले जिलीको गैरिधारास्थित शोरूमबाट आफ्नो सवारीको अन–द–स्पट उत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् । साथै, सम्भावित ग्राहकहरूले टेस्ट ड्राइभ गर्दा आकर्षक गिफ्ट ह्याम्परहरू पाउने कम्पनीले जनाएको छ ।

एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले क्रिसमस र नयाँ वर्षको अवसरमा ग्राहकलाई सीमित अवधिका लागि विशेष लाभ अफर दिइएको बताए ।

‘क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न तयार गरिरहँदा हामी हाम्रा ग्राहकहरूसँग अझ नजिकबाट जोडिन चाहन्छौं,’ उनले भने, ‘यस सीमित अवधिको अफरमार्फत हामी प्रत्यक्ष नगद लाभ, स्वामित्व लागत सहयोग र अनुभवजन्य पुरस्कारमार्फत अर्थपूर्ण मूल्य थपिरहेका छौं । एलआरआर मोटर्समा हामी सहज ईभी स्वामित्व तथा यात्राको सुनिश्चितता र दिगो यातायाततर्फ नेपालको रूपान्तरणलाई निरन्तर सहयोग गर्न प्रतिबद्ध छौं ।’

जिली ईएक्स फाइभ म्याक्स र प्रो गरी दुई भेरियन्ट उपलब्ध छ । यी ईभीले डिजाइन, सुरक्षा तथा इन्टेलिजेन्ट फिचरहरूमा जिलीका नवीनतम प्रविधिहरू प्रतिनिधित्व गर्छन् ।


Back_to_top