बतास एमएडब्ल्यू कमर्सियल भेहिकल्सले पायो ‘ब्रेकथ्रु अवार्ड’

काठमाडौं । भल्वो आइसर कमर्सियल भेहिकल्सको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्ल्यू कमर्सियल भेहिकल्स (बीएमसीभी)ले हेभी कमर्सियल बस सेगमेन्टमा प्रतिष्ठित ‘ब्रेकथ्रु अवार्ड’ पाएको छ ।

थाइल्याण्डमा आयोजित भल्वो आइसर वार्षिक डिलरसिप सम्मेलन (एडीसी २०२६ एनुअल डिलरसिप कन्फ्रेन्स) मा बतास एमएडब्ल्यू हेभी कमर्सियल बस सेगमेन्टमा प्रतिष्ठित ‘ब्रेकथ्रु अवार्ड’द्धारा सम्मानित भएको हो ।

नेपालभर बस सेगमेन्टमा बतास एमएडब्ल्यूको उत्कृष्ट प्रदर्शन र तीव्र बजार विस्तारको कदरस्वरुप भल्वो आइसर कमर्सियल भेहिकल्स लिमिटेड (भीईसीभी)ले यो अवार्ड प्रदान गरेको हो ।

२०० भन्दा बढी डिलरलाई पछि पार्दै कम्पनीले यो सम्मानित अवार्ड प्राप्त गरेको र यसले चुनौतीपूर्ण तर आशाजनक बजारमा ब्राण्डको तीव्र र प्रभावकारी वृद्धिलाई प्रतिबिम्बित गरेको जनाइएको छ ।

अवार्ड हात पार्नुले बतास एमएडब्लू कमर्सियल भेहिकल्स र भल्वो आइसर कमर्सियल भेहिकल्स बीचको बलियो र सफल साझेदारीको प्रमाण प्रस्तुत गरेको छ ।

यो उपलब्धि विशेष गरी आइसरको हेभी कमर्सियल बस ‘आइसर म्याजेस्टिक’ को उल्लेखनिय सफलतासँग जोडिएको छ । देशभरका सार्वजनिक यातायात व्यवसायी, ट्राभल कम्पनी तथा विभिन्न यातायात समितिहरूमाझ बलियो उपस्थिति बनाउँदै लगेको आइसर म्याजेस्टिकले छोटो समयमै बलियो विश्वास स्थापित गर्न सफल भएको छ ।

नेपालमा २०० भन्दा बढी म्याजेस्टिक बस नेपाली सडकमा संचालनमा रहेका छन् । देशभरका २५ भन्दा बढी रुटमार्फत ९५ भन्दा बढी सन्तुष्ट कम्पनी तथा यातायात समितिले फ्लिटको रूपमा प्रयोग गरिरहेका छन् । त्यस्तै, ती सवारीले ७५ लाख किलोमिटरभन्दा बढी दुरी पूरा गरेर सफल रुपमा सञ्चालन भइरहेका छन् ।

आइसर म्याजेस्टिकलाई विश्वास गरेर आफ्नो फ्लिटमा समावेश गर्ने सबै ग्राहकको योगदानले नै यो सफलता सम्भव भएको र यसको श्रेय सबैलाई जाने बताएको छ ।

बतास एमएडब्लू कमर्सियल भेहिकल्स नेपालमा भल्वो आइसर कमर्सियल सवारीसाधनको आधिकारिक वितरक तथा डिलर हो। सातै प्रदेशमा विस्तार हुँदै गएको आफ्नो नेटवर्कमार्फत कम्पनीले ट्रक, बस तथा लाइट कमर्सियल भेइकलसहित विश्वस्तरीय व्यावसायिक यातायात समाधान नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।


Back_to_top