काठमाडौं । भ्याकुम क्लिनर बनाउने कम्पनीको पहिलो इलेक्ट्रीक कारको टिजर बाहिर आएको छ । चीनको सांघाई बेस कम्पनीले स्थापना गरेको ड्रिम अटोले आफ्नो पहिलो कारको टिजर देखाएको हो ।
ड्रिम अटोले ‘स्टारी स्काई प्लान’ अन्तर्गत बजारमा ल्याउन लागेको ईभी आगामी जनवरीमा हुने ‘सीइएस २०२६’मा प्रदर्शनी हुने भएको छ । यसको आधिकारिक बिक्री भने २०२७ बाट मात्रै हुनेछ ।
कम्पनीले देखाएको विद्युतीय मोडल ‘सुपर कार’ जस्तो देखिएको छ । प्योर ईभीको रूपमा आउने सुपर कारमा पेटल स्टाइल ह्वील प्रयोग भएको छ । गाडीको अगाडिको बम्पर, हेडलाइट हाउजिङ र पहेँलो कलरको ब्रेक क्यालिपर निकै स्मार्ट दिएको छ ।
निकै सार्प बडी डिजाइन, स्पोर्टी रियर बम्पर, पूर्णतया ग्लास रुप, बडी कलरको रुफलाइन, सुपर कारकै जस्तो स्पोइलर दिइएको छ । कम्पनीले यसको टेक्निकल डिटेल भने केही पनि बाहिर ल्याएको छैन ।

