लीपमोटरले देखायो पहिलो एमपीभी

काठमाडौं । चिनियाँ स्टार्टअप न्यू इनर्जी भेहिकल कम्पनी लीपमोटरले आफ्नो स्थापनाको १० वर्ष पूरा गरेको छ ।

सन् २०१५ मा चिनियाँ दक्षिणी सहर हाङझाओमा स्थापना भएको लीपमोटरले डिसेम्बर २८ आइतबार १० औं वार्षिकोत्सव मनाएको हो ।

लीपमोटरले १०औं वर्ष पूरा गरेको अवसरमा आफ्नो पहिलो फ्ल्यागशिप एमपीभी डी ९९ अनभिल गरेको छ । साथै, फुल साइज एसयूभी डी १९ को इन्टेरियर समेत रिभिल गरेको छ ।

लीपमोटरको पहिलो एमपीभी डी ९९ प्योर ईभी र ईआरईभी दुई फरक पावरट्रेनमा आउनेछ । यसको प्योर ईभी भर्सनमा ११५ किलोवाट आवरको सीएटीएलको हाइब्रिड सेल ब्याट्री हुनेछ । प्योर ईभी भर्सन १००० भोल्ट प्ल्याटफर्ममा निर्माण हुनेछ । त्यस्तै यसको रेन्ज एक्सटेन्डर भर्सनमा ८०.३ किलोवाट आवरको ब्याट्री र ८०० भोल्ट प्ल्याटफर्ममा निर्माण हुनेछ ।

लीपमोटर नेपाली बजारमा सांग्रिला मोटर्सले बिक्री गर्दै आएको छ । नेपालमा लीपमोटर सी १०, बी१० र टी०३ जस्ता प्योर इलेक्ट्रीक भर्सन बिक्री हुँदै आएको छ ।

लीपमोटर पछिल्लो समय विश्व बजारमा आक्रमक बन्दै गएको छ । कम्पनीले सन् २०२५ मा ६ लाख युनिट भेहिकल बिक्रीको लक्ष्य भेट्टाउन सफ भएको छ । लीपमोटरले नोभेम्बर महिनामा मात्रै ७० हजार ३२७ युनिट भेहिकल बिक्री गरेको थियो ।

युरोपियन अटोमोबाइल ग्रुप स्टेलान्टिसको प्रवेश पछि लीपमोटरले ३५ भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ ।

कम्पनीले आगामी वर्ष १० लाख कार बिक्रीको लक्ष्य निर्धारण गरेको छ ।


Back_to_top