मासिक ६०५८ रुपैयाँमै एथरको इलेक्ट्रीक स्कुटर, परिचयपत्र भए पुग्ने

काठमाडौँ । अब मासिक ६ हजार ५८ रुपैयाँ किस्ताबन्दीमा एथरको इलेक्ट्रीक स्कुटर खरिद गर्न सकिने भएको छ ।

एथरको नेपालका लागि आधिकारिक बिक्रेता वैद्यज् इनर्जीले ल्याएको सजिलो फाइनान्स योजनामा यस्तो सुविधा पाइने भएको हो ।

कम्पनीका अनुसार यस अफरमा ग्राहकले झन्झटिलो कागजी प्रक्रिया बिना नै एथर स्कुटर खरिद गर्न सक्ने छन् । ग्राहकले केवल मान्यताप्राप्त परिचयपत्रको आधारमा स्कुटर खरिद गर्न सक्नेछन् । कुनै पनि अतिरिक्त वित्तीय कागजात आवश्यक नपर्ने कम्पनीले जनाएको छ ।

यस योजनाले इलेक्ट्रीक सवारी साधनको स्वामित्वमा देखिने सामान्य अवरोधहरू हटाउँदै देशभर स्मार्ट र दिगो मोबिलिटीलाई प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, इटहरी र बुटवल गरी ८ ओटा ‘एथर एक्सपेरियन्स सेन्टर’ र काठमाडौँको बौद्धमा एउटा ‘टेस्ट राइड जोन’ संचालनमा ल्याएको छ ।

साथै, आठ ओटा आधिकारिक सेवा केन्द्र र प्रमुख सहर तथा राजमार्गहरूमा २७ भन्दा बढी ‘एथर ग्रिड’ फास्ट चार्जिङ पोइन्टहरू स्थापना भइसकेको कम्पनीले जानकारी दिएको छ ।

स्मार्ट टचस्क्रीन ड्यासबोर्ड, छिटो चार्ज हुने सुविधा, ओभर-द-एयर अपडेट र उत्कृष्ट राइडिङ अनुभवजस्ता विशेषताका कारण एथर नेपालमा सबैभन्दा विश्वासिलो इलेक्ट्रिक स्कुटर ब्राण्डको रूपमा स्थापित भएको छ।


Back_to_top