यस्तो छ बजाज एभेन्जर १६० एबीएसको मूल्य र विशेषता

बजाज मोटरसाइकलले नयाँ क्रुजर मोटरसाइकल बजाज एभेन्जर १६० एबीएसको मूल्य ८१ हजार ३६ भारु निर्धारण गरेको छ । कम्पनीले एभेन्जर १६० सीसीमा ल्याएको हो । कम्पनीले एभेन्जर १८० को डिजाइनमा एनएस १६० को इन्जिन प्रयोग गरेर एभेन्जर १६० ल्याउने तयारी गरेको जनाएको छ । 

अब आउने एभेन्जरले हालको एभेन्जर १८० बराबरकै पावर दिने कम्पनीले दाबी गरेको छ । हालको एनएस १६० र एभेन्जरको पावर समान जस्तै रहेको छ ।

एभेन्जर १६० मा १६०.३ सीसीको ४ भल्भ आयल कूल्ड इन्जिन रहने छ । यो इन्जिनले ८ हजार ५ सय आरपीएममा १४.६ बीएचपी तथा ६ हजार ५ सय आरपीएममा १४.६ एनएम टर्क जेनेरेट गर्छ । ५ स्पीडको गियरबक्स जडान गरिएको यो बाइकले ५० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

यसको फ्रन्टमा २६० एमएमको डिस्क र रियरमा १३० एमएको ड्रम ब्रेक रहेको यो बाइक सिगंल च्यानल एबीएससहित आउने छ । फ्रन्टमा टेलेस्कोप फर्क तथा रियरमा डबल ग्यास चार्जड सस्पेन्सन दिइएको छ । कम्पनीले मे महिनाको पहिलो हप्ताभित्र सो मोटरसाइकल बजारमा ल्याउने जानकारी दिएकोछ । 


Back_to_top