काठमाडौं । नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कूटरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले देशभरका डिलरहरुको भेला आयोजना गरेको छ । १ घर १ टीभीएस नारा दिइएको उक्त भेलामा टीभीएस मोटरसाइकल तथा स्कूटरहरुको देशभरका ९८ डिलरहरुको सहभागीता रहेको थियो ।
वैशाख ४ देखि ९ सम्म भएको उक्त भेलाको एकमात्र उद्देश्य १ घर १ टीभीएसको लक्ष्य प्राप्तीका लागि ग्राहकहरुलाई स्थानीय रुपमा गाउँमा नै सेल्स सर्भिस र स्पेयर पार्टसमा उत्कृष्ट सेवा प्रदान गर्ने तथा जस्तो सुकै समस्याको समाधान २४ घण्टा भित्रमा गर्ने सम्बन्धमा डिलरहरुलाई अझ बढी संवेदनशिल ढङ्गका साथ अघि बढाउनु रहेको थियो ।
गत वर्ष टीभीएसको बिक्री परिमाण ४० प्रतिशतका दरले वृद्धि भएको पाइएको छ । नेपालको नम्बर एक ब्राण्ड बनाउने सिलसिलाअन्तर्गत नै १ घर १ टीभीएसको लक्ष्य लिइएको भेलामा सहभागी जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए । बिक्री रेकर्ड अझ सुधार गर्दै टीभीएस प्रति ग्राहकहरुले देखाएको रुचीलाई सम्मान गर्दै यसको सेवा विस्तार गर्न लालायित भएको उनको भनाई छ ।
अन्र्तराष्ट्रिय गुणस्तर बमोजिम विश्वख्यिात कम्पनी टीभीएसले उत्पादन गरेका १ सय सीसीदेखि ३१० सीसीसम्मका विभिन्न मोटरसाइकल तथा स्कूटरहरु नेपालमा उपलब्ध छन् । ग्राहकहरुको उत्कृष्ट रोजाइमा पर्न सफल यी मोटरसाइकल तथा स्कूटरहरुमा कम्पनीले ५ वर्षको वारेन्टीका साथै स्पट एक्स्चेन्ज सुविधा, १ घण्टे द्रूत सेवा र अन्य धेरै सर्भिसहरु उपलब्ध गराएको छ ।

