काठमाडौं । सीएफ मोटोको नयाँ मोटरसाइकल नेपालमा चाँडै बिक्री सुरू गर्दैछ । सीएफ मोटोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी ऋषि ट्रेड सेन्टरले नयाँ सीएफ मोटो २५० डुअल बजारमा ल्याउन लागेको हो ।
कम्पनीले यसअघि ल्याएको सीएफ मोटो ४५० एमटी निकै चर्चित । यी बाहेक पनि नेपालमा सीएफ मोटोका २५० एनके, ३०० एनके, आरएस ४५० एस जस्ता मोडल बिक्री हुँदै आएका छन् ।
सीएफ मोटो ३०० एनके यो सेग्मेन्टमा कम मूल्य भएको मोटरसाइकल हो । यो पावर र डिजाइनका हिसाबमा पनि निकै उत्कृष्ट छ । यो मोटरसाइकलको पर्फमेन्स राम्रा हुँदाहुँदै पनि चर्चा कम छ ।
हामीले यहाँ सीएफ मोटो ३०० एनकेमा के कस्ता फिचर्स छन् ? कस्ता चालकको लागि उपयुक्त हुन्छ भन्ने जानकारी दिन यसको टेस्ट राइड रिभ्यू गरेका छौं । यस मोटरसाइकलको सबै जानकारी थाहा पाउन भिडियोमा हेनुहोस् ।

