यी विश्व चर्चित १० व्यवसाय जो गाडी ग्यारेजबाट जन्मिए

काठमाडौं । गाडी र तीनले गरेका सामाजिक परिर्वतन  र खोलेका ब्यवसायीक क्षितिजहरुका बारेमा पछिल्ला समयमा मेरो अटोमा लेखहरु प्रकाशित भैसकेका छन् । आज भने कुरा गाडीको नभएर ग्यारेजको हुनेछ ।

संयोग नै मान्नुपर्छ, २१ औं शताब्दीको मानव समाजलाई प्रबिधिक रुपमा छलाङ लगाउन वा गति दिन सहयोग प्ु¥याउने केही महान् कम्पनीहरुको जन्म कार ग्यारेजमा भएको थियो । 

पश्चिमा देशहरुमा समान्य भन्दा सामान्य घरहरुमा पनि ग्यारेज हुनु सामान्य हो । र, ती घरका सृजनशिल र ज्वाजल्यमान युवायुवतीहरुको लागि आफ्ना कल्पना र योजनालाई मुर्तरुप दिन उपलब्ध खालि ठाउँ भनेकै ग्यारेज हो । 

बाबुआमा दैनिक कामका लागि गाडी लिएर जाँदा खाली रहने ठाँउ हो ग्यारेज । खाली ठाँउ, कल्पना र सृजनाले भरिएको दिमागको ‘घातक’ संयोगबाट मानव समाज र मनोबिज्ञानमा नै उथलपुथल ल्याउने सोच र कम्पनीहरु जन्मिएका छन् ।

कुनै पनि ब्यवसायको सामान्य र न्युन लगानीको शुरुवात छ, र उक्त ब्यवसायको ‘हेडक्र्वाटर’ गरिमामय ढंगले ग्यारेजमा अवस्थित छ भने सो ब्यवसायलाई ‘ग्यारेज स्टार्टअप’ भन्ने चलन छ, पश्चिमा समाजमा । तर, आश्र्चयजनक ढंगले धेरै बहुराष्ट्रिय कम्पनीहरु, सांगीतिक समूहहरु र अबिश्वसनिय ढंगले सफल ब्यवसायहरु कुनै ग्यारेजमा शुरु भएका थिए ।

हामी यहाँ त्यस्तै केही सफल कम्पनीहरुका बारेमा चर्चा गर्न गइरहेका छौं । ती कम्पनी खासमा भन्ने हो भने खाली नै स्थापना भएका थिए । र, तीनले ब्यवसाय सफल हुनुमा शुरुमा लगानी गरिने पैसाको खासै अर्थ हुँदैंन भन्ने कुरा प्रमाणित गरेका छन् । र, सफलता भन्ने कुरा सोच, प्रतिबद्धता र साहसको उपज हो भन्ने पुष्टि पनि गरेका छन् ।

अमेजोन


इन्टरनेटको युग शुरु भएसँगै सन् १९९४ मा जेफ बेजोसले अनलाइन किताब पसल अमेजोनको स्थापना गरेका थिए । त्यो समयमा अमेजोनको मुख्य कार्यालय ग्यारेज थियो र बेजोसले पुरानो ढोकालाई तेर्सो पारेर आफ्नो टेबुलको रुपमा प्रयोग गरेका थिए ।

एप्पल


एप्पलका संस्थापक स्टिभ जब्स र स्टिभ वज्नियकले आफ्नो सबैभन्दा पहिलो कम्प्युटरको जडान जब्स परिवारको ग्यारेजमा गरेका थिए । अहिले एप्पल १३ हजार कर्मचारीलाई रोजगारी दिने झण्डै ३० लाख बर्गफुटको ‘भविष्यमुखी’ कार्यालय स्थापना गर्ने चटारोमा रहेको छ ।

डिज्नी


रोय र वाल्ट डिज्नीले आफ्नो पहिलो एनिमेटेड सिनेमा आफ्नो काकाको ग्यारेजमा छायाँकंन गरेका थिए । अहिले डिज्नी बिश्वको सबैभन्दा ठूलो कम्पनी हो, जसले सिनेमा निर्माण गर्नुका साथै ‘थिम पार्क’ र टिभी च्यानलहरुको समेत स्वामित्व लिएको छ ।

हिउलिट प्यार्कड


यो कम्पनी शुरुवाती समयमा कुनै मापन यन्त्रको निर्माणको लागि हिउलिट प्यार्कडको ग्यारेजमा ५ सय ३८ डलरको लगानीमा स्थापना भएको थियो । यो स्टार्ट अपको पहिलको ग्राहक वाल्ट डिज्नी कम्पनी थियो । अहिले हिउलिट प्यार्कड चर्चित कम्प्युटर पार्टपुर्जा निर्माता कम्पनी भएको छ । 

गुगल


बिश्वको सबैभन्दा ठूलो सर्च इन्जिन दुईजना स्ट्यानर्फड ग्राजुयटको प्रोजेक्ट थियो । र, ग्यारेजमा कम गर्थे ती दुई युवा । अब, अहिले गुगलका बारे के नै बताउनु पर्छ र ?

हार्ले डेभिड्सन


विलियम हार्ली र उनका बालसखा आर्थर डेभिडसनले आफ्नो साइकलमा केही प्रयोगहरु गरेका थिए, केटाकेटी उमेरमा । उनीहरुले आफ्नो साइकलमा केही इन्जिनहरु जोड्ने प्रयास गरेका थिए, जसले उनीहरुले संसारकै पहिलो मोटर–बाइसाइकल बनाए । उनीहरुको कार्यालय ग्यारेज थियो । उनीहरुलाई के थाहा त्यो समय कि उनीहरु संसारकै चर्चित र ‘आइकनिक’ मोटरसाइकललाई जन्म दिँदैछन् भनेर ?

सांगीतिक समूह बिटल्स


बिश्व बिख्यात सांगीतिक समूह बिटल्सका संस्थापक आफ्नो ग्यारेज मै रिर्हशल गर्थे र स–साना कार्यक्रमहरुमा सहभागिता जनाउँथे । ती संस्थापकको नाम नथाहापाउने अहिले बिरलै मानिस संसारमा होलान् । तीनको नाम हो जोन लेनन । 

माइक्रोसफ्ट


 कुनै समय थियो, माइक्रोसफ्टमा ३ जना कर्मचारी काम गर्थे, त्यो पनि संस्थापक बिल गेट्स र पउल एलेन समेत जोडेर । अहिले माइक्रोसफ्टमा १ लाख २० हजार जना कर्मचारी छन् । र, संस्थापक बिल गेट्स दशकौंसम्म संसारको धनाड्य मानिसको सूचिको पहिलो नम्बरमा रहिरहे । 

लोटस कार


 लोटस कारका संस्थापकले आफ्नो पहिलो रेसिङ कार आफ्नो आमाबाबुको पुरानो ग्यारेजमा बनाएका थिए । र, पछि उनले पुराना तबेलाहरुमा आफ्नो उत्पादन लाइन स्थानन्तरण गरे । अहिलेसम्म लोटस टोलीले ७ पटक फर्मुला वान वल्र्ड च्याम्पियनसिप जितिसकेको छ । 

नाइक


एथलेटिक बिद्यार्थी र उनका कोचले ब्लु रिबन्स स्र्पोटस् नाम गरेको सानो कम्पनी स्थापना गरेका थिए । ग्यारेजमा कार्यालय भएको उक्त कम्पनीले जापानी जुत्ताको ब्राण्ड बितरण गर्दथ्यो । ब्लु रिबन्स सन् १९७१ मा नाइक भयो । 

यी ग्यारेजबाट सुरु भएका कम्पनीको मतलव हो, काम गर्दै जाउँ ! सफलता आफैँ आउने छ, होइन त ?


Back_to_top