काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९, सिमलताल नजिकै त्रिशूली नदी किनारामा सवारी साधनको टुक्रा भेटिएको छ ।
मुग्लिन-नारायणगढ सडकको पारीपट्टी तनहुँ तर्फको बगरमा बालुवा निकाल्ने क्रममा निलो रङको सवारी साधनको केही भाग भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नदी किनारामा सवारीको टुक्रा भेटिएपछि थप अनुसनधानका लागि प्रहरी घटनास्थलतर्फ पठाइएको छ ।
भेटिएको सवारी के हो र कहिले नदीमा खसेको थियो भन्ने वास्तविकता पत्ता लागेको छैन । तर, उक्त टुक्रा २०८१ असार २८ गते सिमलतालबाट त्रिशूलीमा नदीमा खसेका बसको हुन सक्ने आशंका गरिएको छ ।
उक्त दिन बागमती प्रदेश-०३-००६ ख १५१६ र बागमती प्रदेश-०३-००१ ख २४९५ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए ।
दुवै बसका दर्जनौं यात्रु बेपत्ता भएका थिए । तीमध्ये केहीको शव भेटिएको थियो ।

