चितवनमा नामी सेलिब्रेशन ड्राइभ सम्पन्न

चितवन । नामी इलेक्ट्रीक सवारी साधनको विशेष र्याली ‘नामी सेलिब्रेशन ड्राइभ’ सम्पन्न भएको छ ।

नेपालका लागि डोङफेङको आधिकारिक वितरक एमएडब्लू वृद्धिले चितवनका सडकमा १०० भन्दा बढी नामी इलेक्ट्रीक सवारी साधनको महत्वपूर्ण उपलब्धि हासिल गरेको उपलक्ष्यमा उक्त सेलिब्रेशन ड्राइभ आयोजना गरेको हो ।

उक्त ड्राइभको एमएडब्लू वृद्धिका वरिष्ठ नेतृत्व तथा चितवन क्षेत्रमा नामी बक्स र नामी भिगोका आधिकारिक डिलर युरो अटोमोटिभ्स प्रालिका प्रतिनिधिहरूद्वारा फ्ल्याग अफ गरेका थिए ।

उक्त सेलिब्रेशन ड्राइभमा ८० भन्दा बढी नामी बक्स र नामी भिगो सवारी साधनको सहभागिता रहेको थियो । जसले नामीका ग्राहक तथा उत्साहीहरूलाई एकसाथ ल्याउँदै स्मरणीय यात्रा अनुभव प्रदान गर्यो।

ड्राइभ चितवन बिजनेस कम्प्लेक्स, भरतपुरबाट सुरु भई बाइपास रोड, टिनखोला गुम्बा चोक, रामेश्वर मन्दिर, लिला चोक, पुलचोक, चौबिसकोटी चोक, पारस बस पार्क, सौराहा चोक तथा चित्रसरी पुल हुँदै होटल सेभेन स्टार, सौराहामा पुगेर सम्पन्न भएको थियो।

यसले विद्युतीय सवारी साधनको प्रयोगलाई तीव्र बनाउने र ग्राहक विश्वासको उत्सव मनाउने साझा प्रतिबद्धताको प्रतीकका रूपमा काम गरेको कम्पनीको भनाइ छ । ड्राइभमा सहभागीहरू तथा उनीहरूको परिवारका लागि खाना, संगीत, खेलकुद तथा अन्तरक्रियात्मक गतिविधि गरिएको थियो ।

यस पहलले डोङफेङ नेपालको सशक्त ग्राहक समुदाय निर्माण गर्ने दृष्टिकोण र विद्युतीय मोबिलिटीलाई अझ सहज, पहुँचयोग्य र लाभदायक बनाउने प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाउँछ। स्मार्ट डिजाइन, उन्नत प्रविधि तथा ग्राहक केन्द्रित स्वामित्व सुविधाका कारण नामी बक्स र नामी भिगोले चितवन क्षेत्रमा उल्लेखनीय लोकप्रियता हासिल गरिरहेका छन्।

१००ं नामी उत्सवको निरन्तरताका रूपमा एमएडब्लू वृद्धि र युरो अटोमोटिभ्स प्रालिले पुस २७ देखि २९ सम्म टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प आयोजना गरेको छ ।

यस क्याम्पमा चितवनका ग्राहकले नामी भिगो र नामी बक्समा आकर्षक नगद छुट, निःशुल्क डुअल चार्जिङ समाधान (७ किलोवाट फास्ट चार्जर तथा ३.५ किलोवाट पोर्टेबल चार्जर), निःशुल्क अटो प्लस बीमा, पुराना सवारी साधनको उत्कृष्ट मूल्याङ्कन पाउने छन् ।

साथै, प्रत्येक टेस्ट ड्राइभमा निश्चित उपहार उपलब्ध गराइने कम्पनीले जनाएको छ ।


Back_to_top