काठमाडौं । बागमती प्रदेश सरकारले नेपाल प्रहरीलाई ३० थान मोटरसाइकल उपलब्ध गराएको छ । प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० वटा मोटरसाइकल उपलब्ध गराएको हो ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले संयुक्त रूपमा प्रदेश प्रहरी प्रमुख अरुण पौडेललाई मोटरसाइकलको चाबी हस्तान्तरण गरेका हुन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा क्रममा प्रहरीका सवारीसाधन क्षतिग्रस्त भएपछि प्रदेश सरकारले दुईपाँग्रे सवारीसाधन सहयोग गरेको हो ।
प्रदेश सरकारले ९७ लाख २० हजार रुपैयाँ रुपैयाँ ती मोटरसाइकल खरिद गरी प्रहरीलाई दिएको हो । प्रदेश सरकारले टीभीएसको १६० सीसीको मोटरसाइकल उपलब्ध गराएको हो ।

